0 COMMENTS

 काठमाण्डाै१७भदाै०७५/ राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सव खेलकुद दिवशको अवसरमा आयोजित ब्याडमिन्टन पुरुष युगल तर्फ आईतबार भएकाे सेमी फइनलमा बिजयि हुदै राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिज्ञान प्रतिष्ठानका तुलसी नारायण महर्जन र बिकास बिक्रम शाहको जोडी  फाईनल प्रवेश गरेका छन् ।

महर्जन र शाहको जोडीले गत बर्षका बिजेता युवा तथा खेलकुद मन्त्रालयका लक्ष्मी प्रसाद भट्टराई र सागर सिग्देलको जोडीलाई २१ । १५ र २१ । १४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । अव उपाधीका लागि महर्जन र शाहको जोडीले राखेपका सुनिल योञ्जन र सुजन खतीवडाको सामना गर्ने भएका छन् ।

योञ्जन र खतिवडाको जोडीले फणिन्द्र पौडेल र श्याम अधिकारीको जोडी माथी २१ । ११ र २१ । १५ को जित निकाल्दै फाईनल यात्रा तय गरेको प्रतियोगिता संयोजक लबभक्त श्रेष्ठले जानकारी गराए ।

यस्तै महिला युगल तर्फ बिमला जोशी र रिता चौलागाई तथा रिता प्रजापती र रेखा बस्नेतको जोडी उपाधीको लागि भिड्ने भएका छन् ।

जोशी र चौलागाईको जोडीले राधा श्रेष्ठ र सरस्वती के.सी.को जोडीलाई २१ । ९ र २१ । ५ तथा प्रजापती र बस्नेतको जोडीले सिता अधिकारी र गुञ्जु गुरुङ्गको जोडीलाई २१ । ४ र २१ । ९ ले पराजित गर्दै फाईनल प्रवेश गरेको संयोजक श्रेष्ठले बताए ।प्रतियोगिताको फाईनल खेल १९ गते हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।