0 COMMENTS

काठमाण्डाै१७भदाै०७५/  आयोजक पिस प्वाईन्ट स्कुल तेश्रो पिस प्वाईन्ट कप फुटबल प्रतियोगिता २०७५ मा आईतबार ब्वाईज तर्फ बिजयी सुरुवात गर्न सफल भएको छ ।

नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा पिस प्वाईन्टले सप्त गण्डकी स्कुललाई २ । ० गोल अन्तरले पराजित ग¥यो । पिस प्वाईन्टका अनिल चौलागाई र विकास साउदले एक एक गोल गरे । पिस प्वाईन्टका नेल्सन तामाङ्ग म्यान अफ दि म्याच घोषित भए ।

नक्सालस्थित गौचरणमा भएको प्रतियोगिताको अर्को खेलमा म्यान अफ दि म्याच सुजन नेपालीको ३ गोल मद्धतामा केभिएसले भेनस स्कुलमाथी ४ । ० गोल अन्तरको जित निकाल्यो । अर्को एक गोल अमृत लामाले गरे ।

यसै गरि अङकुर बिद्याश्रमले ग्लोबल पब्लिकलाई २ । ० गोलले पाखा लगायो । ग्लोबलका लागि दुवै गोल म्यान अफ दि म्याच राज बि.क.ले गरे ।प्रतियोगिताको अखिल नेपाल फुटबल संघका महासचिव ईन्द्रमान तुलाधरले उद्घाटन गरे ।नकआउटका आधारमा हुने प्रतियोगितामा छात्र तर्फ २८ र छात्रा तर्फ ६ स्कुलले प्रतिस्पर्धा गर्नेछन् ।छात्र तर्फ बिजयी टिमले नगद १५ हजार पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दोश्रोले ७ र तेश्रोले ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । यस्तै छात्रा तर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यस्तै ब्यक्तिगत तर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, म्यान अफ दि फाईनललाई ट्रफी तथा प्रमाण पत्र तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।