उत्तर : प्रायः के भनिन्छ भने भगवान् रामचन्द्र त यस धराधाममा लाखाैँ वर्ष पहिले अवतरित भएका थिए तर शोधार्थी र प्रमाणचाहिँ के भन्छन् भने उनी इसा पूर्व ५११४ वर्ष पहिले मात्र जन्मेका थिए। यसकाे तात्पर्य के हाे भने उनी ५११४+२०१६=७१३० वर्ष पूर्व मात्र जन्मेका थिए। याे शोध वाल्मीकि रामायणमा उल्लिखित ग्रह र नक्षत्रहरूकाे स्थिति र सम्पूर्ण भारतवर्षमा यताउता असरल्ल भएका पुरातात्विक अवशेषहरूका आधारमा भएकाे हाे।
लव र कुशकाे ५० अाैँ पुस्तामा मद्रराज शल्य भए, जसले महाभारत युद्धमा कौरव पक्षबाट लडार्इँमा भाग लिएका थिए । यस आधारमा पनि याे समय निकाल्न सकिन्छ। श्रीरामकाे ऐतिहासिकतामा याे शोध वैज्ञानिक शोध संस्थान आई सर्भले गरेकाे हाे। यस शोधकाे अगुवाई सरोज बाला, अशोक भटनागर र कुलभूषण मिश्रले गरेका हुन्र। नयाँ शोधका अनुसार १० जनवरी ५११४ इसा पूर्व प्रभु श्रीरामकाे जन्म भएकाे थियाे।
भगवान श्रीकृष्णकाे जन्म : भगवान श्रीकृष्णले विष्णुकाे ८अाैँ अवतारका रूपमा यस धराधाममा जन्म लिएका थिए। ८ अाैँ मनु वैवस्वत मन्वन्तरकाे २८अाैँ द्वापरमा भाद्रपदकाे कृष्ण पक्षकाे रात्रिकाे जब ७ मुहूर्त बित्याे र ८अाैँ मुहुर्त उपस्थित भयाे तब आधी रातकाे समयमा सबभन्दा शुभ लग्नमा देवकीका गर्भबाट भगवान श्रीकृष्णले उनकाे अाठाैँ सन्तानका रूपमा जन्म लिए। त्यस लग्नमा केवल शुभ ग्रहहरूकाे दृष्टि परेकाे थियाे। रोहिणी नक्षत्र तथा अष्टमी तिथिका संयोगबाट जयन्ती नामक योगमा लगभग ३११२ इसा पूर्व (अर्थात आजभन्दा ५१२८ वर्ष पहिले) श्रीकृष्णबकाे जन्म भएकाे थियाे। ज्योतिषिहरूका अनुसार राति १२ बजे त्यस बेला शून्य काल थियाे।
आर्यभट्ट का अनुसार महाभारत युद्ध ३१३७ इ. पू. मा भएकाे थियाे। यस युद्धकाे ३५ वर्ष पश्चात भगवान श्रीकृष्णले देह त्याग गरेका थिए । र त्यसै बेलादेखि कलियुगकाे आरम्भ मानिएकाे छ। उनकाे मृत्यु एक व्याधाकाे तीर लाग्नालृे भएकाे थियाे। त्यतिखेर उनकाे उमेर ११९ वर्षकाे थियाे।
शोधकर्ताहरूले खगोलीय घटनाहरू, पुरातात्विक तथ्यहरू आदिका आधारमा कृष्ण जन्म र महाभारत युद्धकाे समयकाे सटीक वर्णन गरेका छन्। ब्रिटेनमा कार्यरत न्यूक्लियर मेडिसिनका फिजिसियन डा. मनीष पण्डितले महाभारतमा वर्णित १५० खगोलीय घटनाहरका सन्दर्भमा के भनेका छन् भने महाभारतकाे युद्ध २२ नाेभेम्बर ३०६७ इसा पूर्वमा भएकाे थियाे । त्यस बेला भगवान कृष्ण ५५-५६ वर्षका थिए। उनले अाफ्नाे खोजका लागि टेनेसीकाे मेम्फिन युनिभर्सिटीमा फिजिक्सका प्रोफेसर डा. नरहरि अचरद्वारा २००४-०५ मा गरिएकाे शोधलार्इ पनि उद्धृत गरेका छन्।याे अालेख हामीले भारतीय अनलाइन वेब मिडियाबाट नेपालीमा अनुवाद गरी यहाँसमक्ष प्रस्तुत गरेका छाैँ ।