ॐ लाई प्रणव भनिएको छ। प्रणव भनेको साराको सारा मन्त्रको पनि सारतत्व हो। त्यसैले ॐ आफैँमा पनि पूर्ण मन्त्र हो। यसले निराकार तत्त्व -परमेश्वर परमात्माको) प्रति लक्ष्यित गराउँछ र उनको शरणागत, उपाशना र आहृवान जनाउँछ भनी मानिएको छ। यो यस्तो ध्वनि विशेष हो, जसले शरीरमा स्फूर्तता प्रदान गर्दछ। यो अ, उ, म र चन्द्रविन्दुको मिश्रणबाट बन्दछ। ॐले लक्ष्यित गरेको परम आत्मा अर्थात् परब्रहृम परमात्मा सत् हो। त्यसैले यो नित्य छ। ॐ वाचनाको साधनाले साधकलाई नित्यतर्फ अर्थात् सत्तर्फ उन्मुख गराउँदछ। त्यसैगरी ॐ चित् हो।
चित् भनेको चेतनस्वरूप हो। उनकै चैतन्य सत्ताका आधारमा चेतन प्रकृति चल्दछ। त्यसैगरी प्रत्येक प्राणीमा चेतना जाग्दछ। त्यही चैतन्य नै चित् हो। चित् ज्ञानस्वरूप हुन्छ।
भूर्भुवः स्वः भूर्भुवः स्वःले व्यापक ब्रहृमाण्ड जगत्मा परमेश्वर परमात्माको अवस्थिति एवं प्रभावको विषय दर्शाउँछ। व्यापक ब्रहृमाण्डलाई बुझाउने भएकाले यस -भूर्भुव स्वः लाई गायत्री मन्त्र भित्र पारिँदैन। ब्रहृमाण्ड जगत्मा दुई थरी कुरा छन् दृष्टि र द्रष्टा। भोक लागेको थाहा पाउँदा भोक दृष्टि हो भने भोक थाहा पाउने -प्रज्ञान) द्रष्टा हो। दृश्यमा विषयवस्तु, शरीर, इन्द्रीय, मन, बुद्धि, आवाज, योजना, कल्पना, भावना, प्रपञ्च, क्रियाकलाप, उद्देश्य, प्राप्ति, नियत, स्वभाव, समय आदि पर्दछन्। ती सबका सब थाहा पाउने द्रष्टा हो। संसारमा दुईथरी कुराःदृष्टि र द्रष्टा वा क्षेत्र र क्षेत्रज्ञ छन् या नित्य र अनित्य छन् या जरा र चेतन छन् या आत्मा र अनात्मा छन् या सत् र असत् छन् आदि।
भूर्भुवः स्वःले सङ्केत गर्ने ब्रहृमाण्ड जगत् पनि यत्ति नै छन्। तत् सवितुर्वरेण्यं तत् ले ॐलाई, भूर्भुवः स्वःको अधिष्ठान चैतन्यलाई, सर्व उपास्य सूर्यको समेत नियमन गर्ने तत्त्वलाई एवं तेजोमय शक्तिलाई सङ्केत गर्दछ। सविता ले तेजोमय प्रकाशपुञ्ज सूर्यलाई जनाउँछ। यहाँ वरेण्यंको अर्थ वरण गर्न योग्य वा अपनाउन योग्य भन्ने लाग्छ। महान् शक्तिशाली प्रकाश पुञ्ज सूर्यनारायणसमेत उनै परमात्म चैतन्यका आधारमा प्रकाशित हुन्छन् भनेर देखाउन गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं राखिएको छ।
सर्वउपास्य सूर्यको महानताको कारण नै साकार सूर्यवरणको माध्यमबाट निराकार परमात्म तेजसम्मका शृङ्खला मिलेको छ। सूर्य सर्वद्रष्टा हुन्। उनको तेजको पहुँच सर्वत्र छ। उनको त्यो चौतर्फी पहुँच र दृष्टिबाट कुनै पनि अरिष्ट/अनिष्ट छिप्दैनन्। आफूउपर कुनै अरिष्ट/अनिष्ट आउँदैछ भने ती सबै सूर्यको रश्मिबाट खिचिएर नाश हुन् भन्ने भावमय प्रार्थना सूर्यवरणमा छिपेको हुन्छ। यसरी साकारमा सूर्य महान् छन्। उनै जगत्का सञ्चालक हुन्। उनै जगत्का प्रकाशक हुन्। सूर्यमा जुन दिव्य ताप र प्रकाश छ त्यो एकनास छ। सूर्य सधैँ जाज्ज्वल्यमान छन् र उनको प्रकाशमा रतिभर घटबढ छैन। त्यस्ता सबैका हितकारक र सबैबाट कुनै न कुनै तरहले वरण हुने तेजयुक्त सूर्यसमेतको नियमनमा अर्को त्योभन्दा महान् तत्त्व प्रति लक्षित गर्न सर्व सहज प्रस्तुतिका लागि गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं समावेश छ।
भर्गो देवस्य धीमहि भर्गो भन्नाले तेज भन्ने बुझिन्छ जुन तेज हाम्रो अन्तःकरणमा भएको विकार एवं अज्ञान नाश गर्न सक्षम छ। जीवलाई जीवत्त्व प्रदान गर्न सक्षम छ। तेजसँग प्रकाश सम्बन्धित हुन आउँछ।त्यस्तो प्रकाश जसले दिव्य प्रकाशित सूर्यलाई समेत नियमन गर्दछ, त्यस्तो तेज जसले बुद्धिलाई स्फूरण हुन सत्ता प्रदान गर्दछ, यसको चेतना स्फूरणको अधिष्ठान चैतन्यलाई लक्ष्यित गरेर त्यसैमा बुद्धिवृत्ति लक्ष्यित गराउने प्रयोजन छ। भर्गो देवस्यलाई जनाउने प्रतीक ॐ हो।
देवस्यको अर्थ देवको भन्ने लाग्छ, दैवी तत्त्वको भन्ने बुझिन्छ। सूर्य तेजमा निरन्तरता हुनुमा त्यसलाई नियमन गर्ने अर्को थप शक्ति हुनैपर्दछ भन्ने दृढताबाट अघि बढ्दै गायत्री मन्त्रमा भर्गो देवस्यबाट निराकारको फाँटमा पुर्याइएको छ। त्यसको सङ्केत भर्गोमा गएर टुङ्गिएको छ। त्यस्ता दिव्य प्रकाशमय एवं अलौकिक खालका र सूर्यभन्दा पनि महान सङ्केत भर्गोलाई गर्दछ। गायत्री मन्त्रमा चैतन्य तेजको ध्यानको प्रतिवद्धता आएको छ।
धीमहि को अर्थ ध्यान गर्छु भन्ने प्रतिबद्धता हुन्छ। ध्यान गर्नु भनेको तप गर्नु हो। तपको दायरामा भक्ति, उप अर्पण, चिन्तन, दापर्दछन्। यसका सहयोगसिद्ध कुराहरू दम र कर्तव्य कर्म हुन्। दम भनेको मन, इन्द्रीयको अनावश्यक सञ्चालनमा संयमता र नियन्त्रण हो। जीवन निर्वाहको हकमा नगरी नहुने कर् परमात्म विषयक कार्यहरू कर्तव्य कर्मको दायरामा पर्दछन्। यस्ता कुरामा निरन्तरता आएपछि सोही संस्कार स संस्कारलत मलिनता हट्नमा बल मिल्दछ। यस्ता दूषित मलिनता पूर् जन्मबाट पनि सरेर आउने हुनाले वर्तमानलाई मात्र अन्दाज गरेर हुँदैन। परिस्कृत संस्कार बसेप यस अघिका दूषित गुणहरू पनि क्रमिक रूपमा हट्दै जाने हुन्छन्। यस्तो साधनाको परिपाक अवस्था नै सूक्ष्म शरीरको नाश र परमात्मा एकाकार हो। पहाडको छोरो गौरब रिमाल हाल साउदी अरब