स्वस्तिक एक यस्ताे प्रतीक वा चिह्न हाे जसलार्इ आदिकालदेखि सनातन धर्ममा अत्यन्त महत्वपूर्ण मानिन्छ। हाम्रा हरेक चाडपर्व र उत्सवहरूमा हामी स्वस्तिर चिह्न अवश्य बनाउँछाैँ। स्वस्तिककाे महिमा कतिसम्म छ भने यसलार्इ कयाैँ देशहरूमा मात्र हाेइन बरू अरू कतिपय धर्मका मानिसहरू पनि प्रयाेग गर्छन्।
अाउनुहाेस् जानीराखाैँ स्वस्तिकलार्इ पूजा गर्नाका खास कारणहरू :-
१. अनादिकालदेखि ऋषि-महर्षि, शास्त्रका मर्मज्ञ विद्वान पूर्वाचार्यहरू प्रत्येक कार्यकाे शुभारम्भ ‘स्वस्ति’ वाचनबाट नै गराउँदै अाइरहेका छन् । अहिलेसम्म पनि स्वस्तिवाचनबाट नै समस्त मांगलिक कार्यहरू सुरू गर्ने प्रचलन यथावत छँदैछ।
२. स्वस्तिक चिह्नलार्इ सबै धर्मावलम्बीहरू समान रूपले आदर गर्दछन्। बर्मा, चीन, कोरिया, अमेरिका, जर्मनी, जापान आदि अन्यान्य देशहरूमा यसलार्इ उच्च सम्मानका हेरिन्छ। याे चिह्न जर्मनीकाे राष्ट्रिय झण्डामा पनि सगौरव फहराएकाे छ।
३. पूजन हेतु थालीकाे मध्य भागमा रोलीकाे स्वस्तिक बनाएर अक्षत राखेर श्री गणेशजीकाे पूजन गर्ने गरिन्छ। कलशमा पनि स्वस्तिक अंकित गरिन्छ। भवन द्वार (मूल ढाेका) मा सतिया अंकित गरिन्छ। जहाँ ऊँ, श्री, ऋद्धि-सिद्धि, शुभ-लाभ लेखिन्छ त्यहीँ नै सतिया पनि अाफ्नाे विशेष भूमिका सहित विराजमान हुन्छ।
४. बच्चाकाे जन्मोत्सवमा आचार्यसँग साेधेर सद्गृहस्थमा विदूषी महिलाहरू सतिया वा स्वस्तिक राखे पश्चात नै गीतादि मांगलिक कार्यहरू सुरु गर्छन्। सतिया वा स्वस्तिक श्री, ऋद्धि-सिद्धि, शुभ-लाभ, श्रीगणेश अनुपूरक सुखस्वरूप छ। ऊँ श्री स्वस्तिक सकल, मंगल मूल अधार। ऋद्धि-सिद्धि शुभ लाभ होस्, श्री गणेश सुखसार।।
५. ‘स्वस्तिक’ संस्कृत भाषाकाे अव्यय पद हाे। पाणिनी व्याकरणका अनुसार यसलार्इ व्याकरण कौमुदीमा अव्यय पदहरूमा गणना गरिन्छ । याे ‘स्वस्तिक’ पद ‘सु’ उपसर्ग तथा ‘अस्ति’ अव्यय (क्रम ६१) काे संयोगबाट बनेकाे हाे, यथा सु$अस्ति=स्वस्ति। यसमा ‘इकोयविच’ सूत्रकाे उकारकाे स्थानमा वकार भएकाे छ। स्वस्तिमा पनि ‘अस्ति’लार्इ अव्यय मानिएकाे छ र ‘स्वस्ति’ अव्यय पदकाे अर्थ कल्याण, मंगल, शुभ आदिका रूपमा लिइन्छ । जब ‘स्वस्ति’ अव्ययबाट स्वार्थमा ‘क’ प्रत्यय हुन जान्छ तब यही ‘स्वस्ति’ स्वस्तिक बन्दछ। परन्तु अर्थमा कुनै भेद हुँदैन। सारांशमा भन्दा ‘ऊँ’ र ‘स्वस्तिक’ दुबै नै मंगल, क्षेत्र, कल्याण रूप, परमात्मा वाचक शब्द हुन्। यिन्रिहरूमा कुनै सन्देह छैन।
६. ऊँ स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदः। स्वस्ति नस्ताक्ष्र्यों अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातुः।। महान यशस्वी प्रभु हाम्राे कल्याण गरून्, सबैका पालक सर्वज्ञ प्रभु हाम्राे कल्याण गरून्। सबैका प्रकाशक विघ्नविनाशक प्रभु हाम्राे कल्याण गरून्। सबैका पिता ज्ञानप्रदाता प्रभु वेदज्ञान दिएर हामी सबैकाे कल्याण गरून्। चारै वेदमा वर्णित उपरोक्त वेदमन्त्र ऊँ स्वस्ति न इन्द्रो …. यसमा इन्द्र, वृद्धश्रवा, पूषा, विश्ववेदा, ताक्ष्र्यो अरिष्टनेमि, बृहस्पतिदेखि मानव र चराचरमा व्याप्त प्राणीहरूकाे कल्याणकाे कामना गरिएकाे छ। ध्यान दिनुहाेस्: अन्तरिक्षमा गतिशील ग्रहहरूकाे भ्रमणमार्गमा जसमा देखापर्ने अश्विनी, भरणी, कृतकादि नक्षत्र राशि समूह र असंख्य तारा पुञ्ज छन्।
७. के कुरा सर्वविदित छ भने सूर्य अाफ्नाे सौर परिवारकाे नाभिमा अवस्थित छ जसकाे वरिपरि ‘नाक्षरन्ति नाम नक्षत्र’ नक्षत्र पनि स्थित छन्। राशि चक्रकाे चाेैधाैँ नक्षत्र चित्राका स्वामी वृद्धश्रवा (इन्द्र) हुन्। त्वष्टाले सूर्यलार्इ श्राप दिएर कम तेजयुक्त बनाएर प्राणीहरूलार्इ जीवन दान दिएका थिए। पू.षा. रेवतीका स्वामी हाे, जो चाहिँ एक अर्काका आमने-सामने बसेका छन्। यसै गरी उत्तराषाढा २१ अाैँ नक्षत्र भएकाले पुष्यकाे सम्मुख छ।
८. अन्तरिक्षमा बन्ने यस प्राकृतिक चतुष्पादकाे केन्द्रमा सूर्य छन्। जसका चार भुजाहरू परिक्रमा क्रमबाट फैलिएका छन् । यस प्राकृतिक नक्षत्र रचना स्वस्तिकमा आउने अनेक तारा समूहहरूकाे देवतागणभन्दा पनि मंगलकामना वेदमा गरिएकाे छ की।
९. स्वस्तिक मात्र कल्पना हाेइन, बरू याे त वैज्ञानिक तथ्यमा आधारित समस्त सुखहरूकाे मूल हाे। स्वस्तिक आर्यहरूकाे पवित्र शुभ एवं सौभाग्य चिह्न हाे। यसमा समस्त देवताकाे प्रतिनिधित्व निहित छ । ‘अक्षरांकज्योतिष’ का रचयिता डा. गणेशदत्तका अनुसार सतिया वा स्वस्तिकमा उपभुजाहरू लगाउनु अनुचित छ तर अन्यान्य विद्वान उपभुजाहरू बनाउनु उचित भएकाे तर्क गर्छन्। स्वस्तिक चिह्नमाथि अझै खोज जारी छ ।
१०. स्वस्तिक पोषक अन्य वेद मन्त्रहरूमा विशद् वर्णन गरिएकाे पाइन्छ। यथा – स्वस्ति मित्रावरूणा स्वस्ति पथ्ये रेवंति। स्वस्तिन इन्द्रश्चग्निश्च स्वस्तिनो अदिते कृषि।। यसमा पनि मित्रकाे अर्थ अनुराधाबाट लिइएकाे छ। यसरी नै पूर्वाषाढाकाे स्वामी वरूण हाे। रेवती एवं ज्येष्ठाकाे इन्द्र, कृत्तिका, विशाखा अग्नि र पुनर्वसु नक्षत्रकाे स्वामी अदिति हाे। रेवतीबाट आठाैँ पुनर्वसु हुन्। पुनर्वसुबाट आठाैँ चित्रा, चित्राबाट साताैँ पू.षा. र पू.षा.बाट आठाैँ रेवती हाे। अर्थात उपरोक्त ऋचामा रेवती गणना क्रमबाट आउँछ। स्वस्तिककाे चिह्नसँग सम्बन्धित अन्य ऋचाहरू वेदमा वर्णित छन्। सतिया वा स्वस्तिककाे मध्यभागमा जुन शून्य बिन्दु राखिएकाे हुन्छ त्याे चाहिँ अनन्त ब्रह्माण्डमा अन्य तारा समूहहरूकाे संकेत हाे ।स्वस्तिक सम्बन्धी विस्तृत जानकारी गराउने अभिप्रायले याे लेख हामीले विभिन्न भारतीय ब्लगबाट नेपालीमा भावानुवाद गरेका हाैँ ।