0 COMMENTS

 काठमाडौं१७भदाै०७५/ आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजनहरु व्रत बसी रातभर जाग्राम बस्ने गर्छन् ।

 विसं २०७२ को भूकम्पका कारण पाटन दरबार क्षेत्रमा रहेका अरु सम्पदासँगै याे कृण्ण मन्दिर पनी क्षतिग्रस्त बनेको थियो र हाल मन्दिरकाे पुन निर्माण पछि पहलाे पटक अाज “कृष्ण अष्टमीका दिनमा लाखौँ भक्तजन दर्शनका लागि अउने हुदा  मन्दिरकाे माथिल्लो तलामा पनी प्रवेश गर्न खुल्ला गरीएकाे हाे ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिर महत्वपूर्ण मानिन्छ । ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रुपमा मानिन्छ । मन्दिरमा २१ गजुर छन् । सत्रौँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले मन्दिर निर्माण गर्न लगाएका थिए । राजाले अहिले मन्दिर भएको स्थानमा कृष्ण भगवान्जस्तै विराजमान भएको देखेपछि मन्दिर बनाउन लगाएको भनाइ पाइन्छ । राजालाई कृष्णभक्त राजा मानिन्छ । मन्दिरमा रामायणको पूरा कथा समेटी लेखिएको बताइन्छ ।
उनले कृष्ण मन्दिर निर्माणसँगै कृष्णलीलामा आधारित नाच सञ्चालन गरेका थिए जसलाई कात्तिक नाच पनि भनिन्छ । कृष्ण मन्दिर तीन तलाको छ । बीचको तलामा कृष्णको मूर्ति छ । मूर्तिको वरिपरि विष्णुका १० अवतार मूर्ति छन् । मन्दिरका थाममा विभिन्न देवीदेवताका मूर्ति कुँदिएका छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवं वसुदेव र देवकीको आठौं गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक मान्यता रहेको छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद पनि भएको छ ।यस अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरलगायत देशभरका कृष्ण मन्दिरहरुमा विशेष मेला लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।