0 COMMENTS

मिलन चाम्लिङ,धरान१५भदाै०७५/  नेपाली काँग्रेसले मुलुकव्यापी रूपमा भएकाे कर वृद्दिकाे विरूद्द अाफुलाई अान्दाेलित बनाएकाे छ । शुक्रबार धरानकाे उध्याेग बाणिज्य हलकाे सभाहलमा पत्रकार सम्मेलन गर्दै कर वृद्दिकाे अन्त्यकाे विषयमा छलफल गरेकाे छ ।

धरान उपमहानगर कार्यसमिति अन्तरगतकाे नेपाली कांग्रेसका सभापति तिलक राईकाे सभापतित्वमा सम्पन्न सम्मेलन अनुसार कर वृद्धिकाे अन्त्यका विषयमा अाम सर्वसाधरणकाे पक्षमा रहेर यस विषयलाई अन्त्य गर्न नेपाली कांग्रेस अघि बढेकाे उहाले बताउनुभयाे ।

धराने जनताकाे अाय र अार्थिक अवस्थाकाे लेखाजाेखा नगरीकन बहुमतकाे दम्भका साथ व्यवसायी,नागरीक समाज,गरिवीका रेखामुनिरहेका सम्पूर्ण सराेकारवाला पक्षहरूसंग कुनै छलफल,अन्तरक्रिया नगरी एकपक्षीय रूपमा मनाेमानी ढङ्गले कर निर्धारण गर्नु व्यवहारीक र वैज्ञानिक नभएकाे कांग्रेसले भन्दै अाएकाे राईले बताउनुभयाे ।

यस अघि नेपाली कांग्रेसले कर वृद्दि भाेगेका हजाराैं धराने करदाताहरूले काँग्रेसकाे नेतृत्वमा यसकाे विरूद्द भएकाे हस्ताक्षर अभियान गरेर उप महानगरले निर्धारण गरेकाे कर धराने जनतालाई मान्य नभएकाे र स्पष्ट पारिसकेकाे नेपाली काँग्रेसले उक्त सम्मेलनमा बताएकाे छ ।

र जुन हस्ताक्षर बुझाईसक्दा पनि उपमहानगरपालिका टसमस नगरि कर असुलेरै छाड्ने अडानमा बसेकाे साथै उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरि कर नबढेकाे समाचार सम्प्रेषण गराई धराने जनतालाई नाङ्गाे रूपमा ढाटेकाेमा नेपाली काँग्रेस अाक्राेसित भएकाे पत्रकार सम्मेलनमा बताईएकाे छ ।

यसै परिप्रेक्षमा धरान उपमहानगरपालिकाले पनि अार्थिक एेन २०७५ जारी गरि यहाँका विविध अार्थिक गतिविधि नागरिककाे सम्पत्ति अादिमा शुल्क र कर निर्धारण गरेकाे छ ।यस एन बमाेजिम निर्धारण गरेका शुल्क र करहरू अव्यवहारिक , अवैज्ञानिक र जनताले तिर्न नसक्ने गरि वृद्दि गरेकाे हुनाले नेपाली काँग्रेसले साथै अन्य राजनितिक पार्टि साथै संघसंस्थाले जनभावना अनुसार अान्दाेलित भएर गत भाद्र २ गतेदेखि चरणवद्द रूपमा विराेध कार्यक्रम गर्दै अाईरहेका छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।