0 COMMENTS

जनकपुरधाम १५ भदौ०७५ / प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।प्रदेश सरकाको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका दिन आइतबार सार्वजनिक प्रदेश २ का सबै जिल्लामा बिदा दिने निर्णय गरेको हो ।

अघिल्ला वर्षहरुमा देशैभर दिइने विभिन्न पर्व तथा अवसरहरुको बिदा कटौतीमा परेपछि प्रदेश सरकार आफैंले निर्णय गरेर बिदा दिन थालेका छन् । प्रदेश सरकारले यसअघि जनैपूर्णिमाको दिन पनि सार्वजनिक बिदा दिएको थियो । यद्यपि, केही कार्यालयले बिदाको अवज्ञा गर्दै आएका छन् । प्रदेश २ सरकारले जनैपूर्णिमामा दिएको बिदा राष्ट्र बैंकले पालना नगरेपछि प्रदेश सरकारका मन्त्री स्वयंले तालाबन्दी गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।