0 COMMENTS

विराटनगर१५भदाै०७५ / प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ । अलग–अलग इजलासमा पेसी तोकेर प्रक्रियाविपरीत गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेपछि उच्च अदालतले बिहीबार सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकेको छ ।

अदालत र कानुन व्यवसायीको छलफलपछि अलगअलग इजलासमा तोकिँदै आएको सुन तस्करी र सनम हत्या मुद्दाको सबै पेसी बिहीबार २ नम्बर इजलासमा तोकिएको थियो । तर, सरकारी वकिलले पेसी स्थगित गराएकाले मुद्दामा सुनवाइ हुन पाएन ।

बार एसोसिएन मोरङ, सुनसरी र उच्च बार एकाइ विराटनगरले १२ भदौमा उच्च अदालतका न्यायाधीश र प्रशासनसँग अन्तरक्रिया गरी २२ बुँदे सुधारपत्र बुझाएका थिए । सुधारपत्रलाई आधार मान्दै अदालतको जनआस्थालाई ख्याल गर्दै कानुन व्यवसायी र न्यायाधीशबीच द्वन्द्व न्यूनीकरण गर्ने छलफल भएको थियो । छलफलपछि ७ भदौदेखिको अघोषित बेन्च बहिष्कार १३ भदौबाट हटाएका थिए । बिहीबारदेखि कानुन व्यवसायीले नियमति बहस थालेको उच्च अदालत बार एकाइका सचिव मेदनीप्रसाद सेढार्इंले बताए । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।