0 COMMENTS

काठमाडौं१५, भदौ ०७५/काठमाडौं उपत्यकामा आज (शुक्रबार) बिजोर नम्बर भएका सवारी मात्र चल्न पाउनेछन्।राजधानीमा बिहिबारदेखि सुरू भएको बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै भदौ १३, १४ र १५ गते तीन दिन जोर–विजोर प्रणाली लागु गरेको थियो।

सोही अनुसार आज शुक्रबार १५ गते बिजोर नम्बर प्लेट भएका गाडी मात्रै चल्न पाउनेछन् ।ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते विजोर नम्बरका गाडी चल्न पाउने र १४ गते जोर नम्बरका गाडी चल्न पाउने जनाएको थियो। हिजो (बिहिबार) जोर नम्बरका गाडी मात्रै चलेका थिए भने आज (शुक्रबार) सवारीको अन्तिम नम्बर १, ३, ५, ७, ९का गाडी चल्न पाउनेछन् ।नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर–विजोर लागू ट्राफिक प्रहरीले जनाएको छ।बिमिस्टक सम्मेलन आज काठमाडौं घोषणा पत्र जारी गर्दै सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।