0 COMMENTS

वि.सं. २०७५ साल भदौ १५ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट ३१ तारिख। शकसंवत् १९४०। विरोधकृत संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८। भाद्र कृष्ण पक्ष। तिथि– पञ्चमी, १९:१९ बजेउप्रान्त षष्ठी। नक्षत्र– अश्विनी, १९:१५ बजेउप्रान्त भरणी। योग– वृद्धि, १९:११ बजेउप्रान्त ध्रुव। करण– कौलव, ७:३५ बजेदेखि तैतिल, १९:१९ बजेउप्रान्त गर। आनन्दादिमा बज्र योग। चन्द्र राशि– मेष। काठमाडौंमा सूर्योदय– ५:४२ बजे, सूर्यास्त– १८:२४ बजे र दिनमान ३१ घडी ४५ पला। बिरुडा पञ्चमी। डाँछीस्थित कोलमती घाटमा स्नान। ललितपुरमा नृसिंह यात्रा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

राम्रा तथा विलासीताका बन्तुहरुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :

समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिरानै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेममा रमाउन्न चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :

आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मीयताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) :

व्यापारमा नाफा कमाउन अलि बढिनै समय दिनु पर्नेछ भने नोकरीमा विशिष्ट व्याक्तित्वहरुसँग विवाद बढ्नेछ । बुवा वा अग्रज सँग कुरा नमिल्दा दैनिक कामहरू प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावश्यक शङ्का गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म बिस्तारको लागि समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

आफन्त तथा दिदी बहिनी सँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाई लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आए पनि सदुपयोग गर्न नजान्दा अरू भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ । व्यक्तिगत समस्या बढ्नेछ । काम बढे पनि आम्दानी भने न्यून हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो हुनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) :

कुनै पनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । पुराना रोगहरू फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागिन गर्नको लागि केही समय पर्खनु नै उचित रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाढिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण राम्रो बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलासी बस्तु उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) :

नाफा मूलक व्यवसायभन्दा सेवा मूलक व्यवसाय फस्टाएर जानेछ । आफन्त तथा दाजुभाइ सँग सानो सानो कुरामा मनमुटाब बढ्नेछ । छोटो यात्राको तय गर्दै हुनुहुन्छ भने यात्रा गर्दा ध्यान दिनुहोला । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नहुन सक्छ । प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । भोजभतेर तथा खानपिनमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।