0 COMMENTS

मिलन चाम्लिङ,धरान १४भदाै०७५/धरान उपमहानगरपालिका बालमैत्री नगर घोषणा हुने तर्फ उन्मुख भइहरको छ ।बिहीबार धरान उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासनका बिषयमा जानकारी दिन सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा धरानलाई यही वर्षभित्र बालमैत्री नगर घोषणा गरिने जानकारी दिइएको थियो ।

धरान उपहानगरपालिकाका सामाजिक विकाश महाशाखा प्रमुख गणेश खतिवडाले धरानलाई बालमैत्री घोषणा गर्न २० वटै वडामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । धरानको १३ र १४ नं. वडालाई यस अघि नै बालमैत्री वडा घोषणा गरिसकिएको छ । त्यस्तै गरी धरानको २० नं. वडामा समेत सम्पूर्ण काम सकेर यही बाल दिवसको अवसरमा बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम बनायको छ । ४, ५ र ६ नं. वडालाई बालमैत्री वडा घोषणा गर्न ९० प्रतिशत भन्दा बढी काम सकिएको छ ।

बाकी रहेका १४ वटा वडामा पनि बालमैत्री घोषणा गर्न विभिन्न कार्यक्रम सञ्चालन भइहरहेको महाशाखा प्रमुख खतिवडाले जनाए ।बालमैत्री नगर घोषणा भएका नगरमा बाल अधिकारको सुनिश्चित हुने, बालबालिकाको क्षमतामा विकास हुने, बालबालिकाले आफ्नो योजना आफै बनाउने र छनौट समेत गर्ने लगायतका कामहरु सुनिश्चित हुने गर्छ । बालमैत्री नगरमा बालहिंसाका घटनाहरुमा समेत कमि आउने धरान उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरेले बताए ।

बालमैत्री नगर घोषणा गर्न बालबालिका, अभिभावक, विद्यालय तथा विभिन्न संघ संस्था र स्थानीयत तहले निश्चित आचार संहिता पालना गर्नुपर्ने हुन्छ । बालबालिकाले अनिवार्य रुपमा विद्यालय जाने, बालबालिकाई भेदभाव नगर्ने, आफ्ना हक अधिकारका बारेमा बोल्ने कुरा राख्ने, भिन्न क्षमता भएका बालबालिकालाई सहयोग गर्ने लगायत बालभेला री वार्षिक योजना निर्माण गर्ने जस्ता आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । त्यस्तै गरी अभिभावकले पनि आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउने, बालश्रममा नलगाउने, बालविवाह नगरिदिने, कुलत तथा दुव्र्यसनमा फस्न नदिने, बालबालिकाको उचित हेरचाह गर्ने लगायतका आचारसंहिता पालना गर्नुपर्ने हुन्छ ।

त्यस्तै विद्यालय तथा संघ संस्थाले आफ्नो सेवा क्षेत्र भित्रका बालबालिकालाई विद्यालयको पहुचमा ल्याउने, बालबालिका, अभिभावक र शिक्षकले पालना गर्नुपर्ने नीति नियमको बारेमा जानकारी गराउने, विद्यालय व्यवस्थापन समितिको बैठकमा एक बालक र एक बालिकालाई अनिवार्य सहभागी गराउने लगायतको आचारसंहिता पालना गर्नुपर्ने छ । स्थानीयत तहले वडाको कुल लक्षित वर्गको बजेटबाट १५ प्रतिशत बालमैत्री प्रबद्र्धनमा विनियोजन गर्नुपर्ने, योजना छनौट गर्दा अनिवार्य बालबालिकालाई सहभागी गराउने, प्रत्येक वडामा बाल उद्यान बनाउने, भौतिक संरचना बनाउदा बालमैत्री बनाउने जस्ता आचारसंहिता धरान उपमहानगरपालिकाले निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।