0 COMMENTS

काठमाडौं१४, भदौ ०७५/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चुलिएको छ ।जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपामा तीन महिनामै आन्तरिक कलह चुलिएको छ ।

केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीको नामावलीप्रति नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । खासगरी ५ नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्तर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ ।नेपाल पक्षका नेताहरुले जिल्ला अध्यक्ष र सचिवको सिफारिसमा प्रतिसोध र निषेधको झल्को आएको बताइरहेका छन् । –कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।