0 COMMENTS

काठमाण्डाै१३भदाै०७५/ आयोजक ग्रिनफिल्ड स्कुल सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सिनियर तर्फ पराजय ब्यहोरेको छ । ग्रिन्फिल्ड भानुभक्त मेमोरियल संग झिनो अन्तरले पराजित भएको हो । भानुभक्तले रोहन बसौलाको १० अंकको मद्धतमा ग्रिन्फिल्डमाथी २३ । २१ को जित निकाल्यो ।

यस्तै विल्सन स्कुलले पिपल्स स्कुलमाथी ४६ । ४४ अंकले पराजित गर्यो । विल्सनको जितमा बिनोद सेनले १७ अंका जोडे । अर्को खेलमा राराहिलले होलीभिजनमाथी ३७।१९ को जित हात पा¥यो । राराका आयुष महर्जनले १६ अंक बटुले ।

जुनियर ब्वाईज तर्फ सेब्स, पुष्पसदन र महामञ्जुश्रीले जित हात पारे । सेब्सले कुमार तामाङ्गको १० अंको योगदानमा जेनिट्सलाई २०।१६ ले पराजित गर्यो । यस्तै पुष्पसदनले दिपसन महर्जनको १४ अंक मद्धतमा लोक आदर्शलाई ३३।३१ले पाख लगायो । अर्को खेलमा महामञ्जुश्रीले एलाईट्स को एडलाई ३२।२०ले पराजित गर्यो । मञ्जुश्रीका शिभम लामाले ९ अंक जोडे ।

महिला तर्फको खेलमा स्वप्न बाटिकाले नेरिकलाई ३१।७ को बिशाल अन्तरले पराजित ग¥यो । स्वप्न बाटिकाकी बिमला अ‍ैडीले १९ अंक जोडिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।