0 COMMENTS

काठमाण्डाै१३भदाै०७५/इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ । अन्तिम चरणको खेलको उत्कृष्ट प्रर्दशन गर्दै नेपालले रजत पदक जित्न सफल भएको हो । नेपालले पुरुष टिम क्रस कन्ट्री स्पर्धामा ११ हजार ३ सय ६४ अंक ल्याएर रजत जित्न सफल भएको हो । स्वर्ण जितेको जापानले १२ हजार ३ सय ९२ अंक जोड्यो ।

गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । जसमा पहिलो भएको जापानको १२३९१ अंक आयो भने नेपालको ११३६४ अंक आयो । प्यारग्लाइडिङमा रजत जितसँगै नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पु¥याएको छ । यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजतपदक दिलाएकी थिइन् ।

प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुनेछन् । टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन् भने युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् । यसअघि नेपाली टोलीले एक्यूरेसी विधामा भने पदक जित्न असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।