0 COMMENTS

मिलन चाम्लिङ,धरान१३भदाै०७५/ देशको विभिन्न ठाउँमा श्रृङ्खलाबद्दरूपमा भैरहेको महिला माथिको हिंसा बलात्कार पछिको निर्मम हत्याको बिरोध गर्दै अपराधीलाई कार्वाहीको माग गर्दै धरानमा मंगलबार महिला संजालको संयोजकत्वमा र्‍याली निकालिएको थियो ।पब्लिक हाइस्कुलको खेल मैदानबाट शुरू भएको र्यालीमा यसपटक महिला मात्रै होइनन् पुरूषको बाक्लो उपस्थिति थियो। रयाली छाताचोक, मुख्य रोड हुँदै भानुचोकस्थित लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा महिला सञ्जालकी अध्यक्ष सविता राई, सचिव कोपिला भट्टराई, काङ्ग्रेसका नगर सभापति तिलक राई, नेकपाका अइन्दविक्रम बेघा, पारस काङमाङ विद्यार्थी नेता अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य खेमराज रनपहेंलीलगायतले पनि बोले ।

कार्यक्रममा बोल्दै महिला सञ्जालकी अध्यक्ष सविता राईले महिलामाथिको बलात्कार बढेको बताउँदै आमाको काखपनि सुरक्षित नरहेको बताइन् । काङ्ग्रेसका नगर सभापति राईले बलात्कारका घटना बढ्दै गएको र बलात्कार गर्नेलाई पक्राउ कडा कारवाही गरिनुपर्ने बताए । उनले दोषीलाई प्रहरीले पक्राउ गर्न नसक्नु दुःखद् हो भने । कार्यक्रममा नेकपाका बेघाले सरकार गम्भीर बन्नुपर्ने बताउँदै अपराध गर्नेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।