0 COMMENTS

जकार्ता १२, भदौ ०७५/ नेपालको पुरुष भलिबल टिमले एसियन गेम्समा ऐतिहासिक जित हासिल गरेको छ ।इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको हो ।मंगोलियाविरुद्धको पहिलो सेट २६–२८ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो ।

प्रतिस्पर्धात्मक तेस्रो सेट ३०–२८ ले जितेको नेपालले चौथो सेट २५–१९ ले जित्दै जित सुनिश्चित गरेको हो ।एसियन गेम्समा पुरुष भलिबलतर्फ नेपालको यो पहिलो जित हो ।भलिबलको समूह चरणबाटै बाहिरिइसकेको नेपालले वरीयता निर्धारणका लागि खेल्दैछ । नेपालले अब १३औं स्थानका लागि ‘प्ले अफ’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।नेपालले एसियन गेम्समा भलिबलतर्फ ३२ वर्षपछि सहभागिता जनाएको हो ।सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको आठौं एसियाडमा पहिलोपटक सहभागिता जनाएको नेपालले त्यसपछिका दुई संस्करणमा पनि सहभागिता जनायो ।

तर, सन् १९८२ को दिल्ली एसियाड तथा १९८६ को सिओल एसियाडमा पनि नेपालले पुरुष भलिबलतर्फ एउटा सेट पनि जित्न सकेको थिएन ।मंगोलियाविरुद्ध मंगलबार हासिल गरेको जितले नेपाली भलिबल टोलीलाई थप ऊर्जा प्रदान गरेको भलिबल टोलीका सहायक प्रशिक्षक जगदीश भट्टले बताए ।एसियाडको पुरुष भलिबलतर्फ कुल २० टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।