0 COMMENTS

काठमाडौं १२ भदौ ०७५/ पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइ छानबिन थालिएको बताए । निगमले दुईवटा वाइड बडी विमान खरिद गर्दा देखिएका र सार्वजनिक भएका सम्पूर्ण विषयवस्तु छानबिन गर्न लगाएको र समितिले तयार पारेको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए ।

‘सिधै खरिद नगरी दलाल खडा गरेर खरिद गरिएको विषय गम्भीर छ’, अधिकारीले सो भने, ‘हामी हेर्दैछौं, जे जे कुरा उठेको हो, एक एक गरी हेर्छौं ।’

समितिमा निगम सञ्चालक समितिका सदस्य मुक्ति पाण्डे, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक रितेशराज पन्त, निगमकै सञ्चालक समितिका सदस्य सचिव अशोक सिग्देल, प्राधिकरणका विशेषज्ञ पाइलट बीएम अमात्य छन् ।

निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानमा ५२ लाख अमेरिकी डलर बढी तिरिएको, सीधा खरिद नगरी चारवटा दलाल राखिएको, म्यानिफ्याक्चरिङ सिरियल नम्बर (एमएसएन) नै फरक पारी विमानको भारवहन क्षमता (म्याक्सिमम टेक अफ अफ वेट) घटाइएको लगायतका अनियमितता भएका विषयमा अन्नपूर्णले खोजमूलक समाचार प्रकाशित गरेको थियो ।

महालेखा परीक्षकको २०७४÷७५ को ५५ औं वार्षिक प्रतिवेदन (पेज नं ४८, बुँदा नं १४२) मा ‘एयर बस निर्माता कम्पनीलाई छली बीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा उडेको जहाजका लागि आरएफी जारी गर्नु र त्यसपछि तीन, चारवटा दलाल खडा गरी खरिद प्रक्रिया अघि बढाउनु कानुनविपरीत भएको’, उल्लेख छ ।

यता मन्त्री अधिकारीले छानबिन गर्न समिति गठन गरे पनि उक्त समितिलाई निगमले असहयोग गरेको पाइएको छ । समितिलाई १५ दिन भित्र वाइड बडी जहाज खरिद गर्दा आरएफपीमा मागिए भन्दा फरक परेको म्याक्सिमम टेक अफ वेट (एमटीओडब्ल्यु), आरएफपीमा मागिएका उपकरण के कति आएका छन् ? निगमले मागेको भन्दा कुन उपकरणमा कति फरक प¥यो भन्नेसहितको विषयमा छानबिनको कार्यगत शर्त दिएको थियो । अन्नपूर्ण पोस्टबाट ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।