बासुदेव सेडाइ,लमजुङ,१०भदाै०७५/ नगरपालिकाकाे सफाइ हुनकाे लागी पहिले नगरवासीहरुकाे बिचार सफा हुनुपर्ने मञ्जरी नाट्य समुह लमजुङले एउटा सडक नाटक मार्फत अाम नगरवासीहरुमा सचेत बनाएको छ ।
महत्त्वपूर्ण पर्यटकीय स्थलहरुकाे प्रवेशद्वारमा रहेको लमजुङको बेसीशहर नगरपालिका अाफैमा एउटा पर्यटकीय स्थल हाे । अन्नपूर्ण पदमार्ग ,घलेगाउ ,भुजुङ ,गाउँशहर लगाएतका रमणीय र पर्यटकीय ठाउँमा भ्रमण गर्न अाउने पर्यटकहरु बेसीशहर भएर अाउने जाने गर्दछन् । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहरमा जनघनत्व बढ्दो छ गाउँ छाडेर नागरिकहरु शहर केन्द्रित हुदै जादा जनघनत्व बढ्नु स्वभाविक हाे तर बढ्दो जनघनत्व ,अव्यवस्थित बजार र चेतनाको कमि सरसफाइकाे लागि चुनाैति बन्नसक्छ त्यसैलाई दृष्टिगत गरि बेसीशहर नगरपालिकाले भने विशेष सरसफाइ अभियान थालेको छ । बेसीशहर नगरपालिका र जिल्ला प्रशासन कार्यलयकाे सक्रियतामा सरसफाइ कार्यक्रम पनि चलाईएकाे छ ।
बेसीशहर नगरपालिकाले नगरवासीहरु लाई कुईने र नकुहुईने २ थरि फाेहर अलगअलग जम्मा पार्न नगरवासीलाई अाग्रह गर्दै बाल्टी बितरण गरेको छ । सरसफाइ अभियान अन्तरगत अाज लमजुङको बेसीशहरमा मञ्जरी नाट्य समुहले सडक नाटककाे अायाेजना गरि नगरवासी लाई सचेत बनाउने काम गरेको छ । घरवाट जथाभावी सडकमा फाेहर फाल्ने ,सडकका फाेहरहरु नालिमा हालेर नालि जाम पार्ने र सडकमा फाेहर उठाएर हिड्नेहरु लाई हेर्ने हेलाकाे दृष्टिकाेण माथि कलाकारहरुले चाेटिलाे प्रहार गरेका थिए । नगरवासीहरुकाे बाक्लाे उपस्थितिका बिच प्रस्तुत गरिएको सडक नाटक अत्यन्तै लाेकप्रिय रहेको र यसले नगरवासीमा सकारात्मक परिवर्तन गर्ने नगरबासीहरु बताउछन् ।
त्यस्तै बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले नाटकको माध्यम बाट नागरिकहरुमा सचेतना फैलाउन सजिलो हुने बताउनुभयो सबैले मनाेरञ्जन लिने र चासाेका साथ हेर्ने हुनाले अन्य तरिकाले भन्दा यसले नागरिकको मन मस्तिष्कमा राम्रो प्रभाव पार्दछ । समुहका अध्यक्ष एबं नाटक निर्देशक केदार बाेहाेराले सरकारकाे मात्रै मुख ताक्ने मात्रै हाेईन हामी सबैकाे जिम्मेवारी छ सरसफाइमा भन्ने कुरा नगरवासिले बुझ्न जरुरी रहेको बताउनु भयो । समुहका उपाध्यक्ष तथा नाटकका लेखक भरत रानाले प्रतेक नगरवासीले सरसफाइमा ध्यान दिनुपर्ने बताउदै अाफ्नाे घर मात्रै हाेईन सम्पूर्ण टाेलकाे सरसफाइकाे समेत जिम्मेवारी अाफुमा रहेको कर्तव्यबोध भए नगर सफा हुने कुरा बताउनु भयो ।