0 COMMENTS

काठमाण्डाै१०भदाै०७५/  आयोजक जेभियर ईन्टरनेशनल बि टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ अन्तिम आठ मा स्थान सुरक्षित गर्न सफल भएको । आईतबार भएको खेलमा जेभियर बिले एलए स्कुललाई सुनिल थापाको १० अंकको मद्धतले ४८ । २० अंकले पराजित गर्दै ग्रुप डि मा प्रथम हुँदै क्वाटरफाईनल यात्रा तय गरेको हो ।

आजै भएको ब्वाईजतर्फको खेलमा सन्तोष ढकालको १७ अंकको योगदानमा समृद्धिले बर्नहार्टमाथी ७६ । ५० अंकले बिजय पायो । यसतै जिजिआईसीले ट्रिनिटी माथी ६० । ५१ अंकको जित निकाल्यो । उसको जितमा अभिषेक सिंहले २४ अंक जोडे । यसैगरि द टाईम्स ईन्टरनेशलनले मोर्गान ईन्टरनेशनललाई ७० । ४३ अंकले पराजित गर्यो । टाईम्सका पासाङ्ग मास्केले २४ अंक जोडे । ब्वाईजकै प्रतियोगितामा सिसिआरसीले अनमोल खत्रीको १७ अंकको मद्धतमा ह्वाईट हाउसमाथी ४७ । ३७ अंकको जित निकाल्यो ।

गल्र्स तर्फ समृद्धि गोरिल्लाज र साईपाल एकेडेमीले जित आत्मसात गर्यो । समृद्धि गोरिल्लाजले कासकी माथी ४२ । ३८ अंले जित हात पार्यो । समृद्धिकी प्रतिक्षा पुनले १५ अंक जोडिन् । यस्तै साईपालले राशनाी श्रेष्ठको २१ अंक मद्धतमा एनसिसिएस लाई ५२ । २९ अंकले हरायो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।