0 COMMENTS

काठमाण्डाै१०भदाै०७५/  बुटवल पब्लिक स्कुलका ब्रिजेश अर्याल र काष्टमण्डपकी प्रान्जना मानन्धरले ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा आईतबार स्वर्ण पदक हात पार्न सफल भएका छन् ।

ब्वाईज यु–८ को फाईनलमा ब्रिजेशले न्यू होराईजन स्कुल बुटवलका यमन रानालाई १०।०५ र १० । ०४ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । यस्तै सोही समूहमा गल्र्स तर्फ प्रान्जनाले आफ्नै स्कुलकी करिमिस्ता श्रेष्ठलाई १० । ० र १२ । १० ले पराजित गर्दै स्वर्णमा नाम अंकित गरिन् ।

आईतबारै भएको ब्वाईज यु ९ को प्रतिस्पर्धामा सेन्ट जेभियरका निशाद जोशीले कालिका स्कुलका दिपेश ज्ञवालीलाई ४ । ०, ५ । ३ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउन सफल भए । यस्तै गण्डकी बोर्डिड.का शास्वत बज्राचार्यले न्यू होराईजनका योगेश ज्ञवालीलाई ४ । १, ४।०ले पाखा लगाए । यसैगरि गण्डकीकै दर्शिल श्रेष्ठले कालिकाका ओसाङ्ग थापामाथि ४।२, ४।०ले र कस्मिक ईन्टरनेशनलका हर्षित पन्तले शिसु निकेतनका श्रीजन भण्डारीलाई ४।२, ४।०ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।

गल्र्स तर्फ युनिभर्सलकी समृद्धि महर्जनले टिबिएसकी प्रतिष्ठा लामालाई ४।१, ४।०ले पराजित गरिन् । प्रतिद्वन्दिलाई पाखा लगाई अगाडी बढ्ने क्रममा टिबिएसकी शाभी ढकालले काष्टमण्डपकी करिमिस्ता श्रेष्ठलाई ४।१, ४।० पराजित गरिन् ।

हात्तिबनस्थित एलएको कोर्टमा भएको प्रतियोगिताको ब्वाईज यु १० तर्फको खेलमा न्यू होराईजनका रितेश ज्ञवालीले कस्मिकका हर्षित पन्तमाथी ४।०, ५।४ले, आयोजक एलएका सक्षम बिक्रम शाहले न्यू होराईजनका बिकास पाण्डेलाई ४।०, ४।०ले, नेपाल पुलिसका मन्थन जोशीले सेन्ट जेभियरका निशाद जोशीलाई ४।१, ५।४, ७।५ले तथा केन्द्रिय बिद्यालयका राजविर प्रधानले नेपाल पुलिसका स्लोक कुमार खड्कालाई ४।०, ०।४ र ५।४ ले पराजित गरे ।

यसै गरि गल्र्स १२ तर्फको खेलमा आयोजककी सुभाङ्गी शाहले बृहस्पतिकी जेनि खड्कालाई ४।०, ४।१ले पाखा लगाईन् । अर्को खेलमा लोयल्टी एकेडेमीकी रोशनी लिम्बुले सेन्ट मेरीकी सदाश्री ढुंगानालाई ४।०, ४।०ले तथा जोन डेवी स्कुलकी आईशा डि. गुरुङ्गले आयोजककी मार्शा महर्जनलाई ४।०, ४।०ले पाखा लगउँदै अगाडी बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।