0 COMMENTS

काठमाण्डाै१०भदाै०७५/  अन्तराष्टिय क्योकुशिनकान कराते थाईल्याण्डको आयोजनमा थाईल्याण्ड स्पोर्टस अथोरिटीको आयोजनमा भाद्र ३ र ४ गते भएको “दोश्रो फुल कन्ट्याक्ट कराते प्रतियोगिता”मा तीन पदक हात पार्दै नेपाली क्योकुशिन टोली आईतबार स्वदेश फिर्ता भएको छ ।

उक्त प्रतियोगितामा बिनय सिंहले कुमुते तर्फ खुल्ला तौलमा जापानका मोराहिरो होसखावालाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । त्यस्तै जुनियर ३५ केजी तौलमा दिपेन सापकोटा फाईनलमा थाईल्याण्डका पा हुरुरु तान संग पराजित हुँदै रजत जित्न सफल भएका थिए भने सिनियर तर्फ कबिराज मालीे सेमिफाईनलमा चाईनाका ह्वाङ्गसिङ्गसंग पराजित हुँदै कास्य पदकमा खुम्चिएका थिए । टिमको टोली ब्यवस्थापकमा रमेश तामाङ्ग र प्रशिक्षकमा सदन लामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।