काठमाडौं १०भदाै०७५/ सर्वोच्च अदालतले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्डलाई) २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।
यसअघि प्रकाण्डलाई नुवाकोटमा स्काभेटर जलाएको आरोपमा पक्राउ गरेका थिए । उनका भाइ वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उनलाई २४ घण्टाभित्र पेश गर्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्