0 COMMENTS

काठमाडौ१०भदाै०७५/ ‘विभिन्न साास्कृतिक मनोरञ्जनात्म सस्तो बजार, प्रथम कृषि, पर्यटन तथा व्यापार स्थानीय उत्पादनको बजारीकरण मेला’ नाम दिएर बौद्ध रामहिटी मिनि पर्यटन तथा व्यापार मेला–२०७५ काठमाडौको बौद्धमा आगामी भदौ २२ गते हुने भएको छ ।

सो सम्बन्धमा मुल आयोजक बौद्ध स्तुपा क्लब र सहआयोजक बज्र युवा क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएइएको हो ।मुख्य आयोजक सहआयोजक, सहयोगी संस्था र व्यवस्थापक संञ्चालक, लाखे पोखरी लोकतान्त्रिक पार्कमा औद्योगीक, साास्कृतिक, पर्यटन, व्यापार प्रर्बद्धन गर्ने उदेश्यका साथ उक्त मेलाको आयोजना गर्नलागेकाे क्लवका अध्यक्ष रितेस लामाले बताएका छन् ।

सो मेलाबाट स्थानीय उत्पादन र बजारीकरण गरेर आर्थिक विकासमा टेवा पुर्‍याउने र स्थानीय साास्कृतिक पहिचानको जर्गेना गर्ने मुख्य उदेश्य रहेको आयोजकको दाबी छ । साथै राष्ट्रिय तथा स्थानीय कलाकाहरुको पहिचान, कला, साास्कृतीको प्रर्बद्धन गर्दैै विद्यालय स्तरिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिने छ ।

मेलाबाट स्थानीय स्तरमा भएका विकासका सम्भावनाको उजागर गरी लगानी भित्राउने उद्देश्य समेत रहेको जनाईएको छ । साथै स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषिमा भएका सामाग्रीको समेत सो मेलामा बिक्रीकालागि राखिएको छ । पर्यटन, साास्कृतिक र अन्य क्षेत्रमा रहेको सम्भावनाको प्रचारप्रसार गरी लगानीकर्तालाई आकर्षीत गराउने उद्देश्य रहेको मेला संयोजक ताम्राकारले बताएका छन् । सो मेलामा स्थानीय उत्पादन, कृषि, लोकदोहोरी गीतका साथै चर्चित कलाकारहरूबाट गीत तथा नृत्यहरू पनी प्रस्तुत गरीने अायाेजकले जानकारी गराए ।

साथै मेलाको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनलाई भित्राउने र प्रचार प्रसार गर्ने गराउने मुख्य उदेश्य रहेको समेत उकत पत्रकार सम्मेलनमा जनाइएको छ । सो मेला भदौ २२ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुने छ । सोही पत्रकार सम्मेलनमा सवारी दुर्घटनामा परि घाईते भएकी लाखेपोखरी बिकास समितिका कोषध्यक्ष राधा खतिवडाको उपचार सहयोगकालागि समितिबाट ५१ हजार रुपैयाा समेत आर्थिक सहयोग गरिएको छ । खतिवडाको न्यूरो अस्पतालमा उपचार भई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।