0 COMMENTS

दिइएका नामहरूका बारेमा तपार्इंले जान्नु अत्यावश्यक छ किनभने हिन्दु धर्ममा यिनीहरूकाे धेरै ठूलाे महत्व छ। यिनीहरूमध्ये केहीकाे नाम अन्य स्थानमा पनि समूह अनुसार दोहाेर्याइएकाे छ। जस्ताे त्रिदेवमा भगवान महेशकाे नाम आउँछ अनि त्यसै गरी पंचदेवमा पनि गणना गरिन्छ। इन्द्रकाे गणना अलग छ तर इन्द्रलार्इ १२ आदित्यकाे समूहमा पनि समावेश गरिएकाे छ ।

* एक ईश्वर : ब्रह्म नै सत्य हाे।
* दुर्इ सत्ता : सदाशिव र दुर्गा नै सृष्टिका वास्तविक रचनाकार हुन्।
* तीन प्रमुख देव (त्रिदेव) : ब्रह्मा, विष्णु र महेश (शंकर)।
* तीन प्रमुख देवी (त्रिदेवी) : सरस्वती, लक्ष्मी र पार्वती।
* तीन भगवान : राम, कृष्ण र बुद्ध।
* चार वेदज्ञ ऋषि : अग्नि, वायु, अंगिरा र आदित्य।
* पञ्च देव : ब्रह्मा, विष्णु, महेश, गणेश र सूर्य (विवस्वान्)
* पाँच कुमार : सनक, सनन्दन, सनातन, सनत्कुमार र स्वायंभुव।
* पञ्चनद : पुरु, यदु, तुर्वस, अनु र द्रुह्मु।
* पञ्च भूत : भूत, प्रेत, पिशाच, ब्रह्मराक्षस, र क्षेत्रपाल।
* पञ्च सति : १.अनुसूया (ऋषि अत्रिकी पत्नी), २.द्रौपदी (पाण्डवकी पत्नी), ३.सुलक्षणा वा सुलाेचना (रावण पुत्र मेघनादकी पत्नी), ४.सावित्री (जसले यमराजसँग अाफ्नाे पति फिर्ता लिएकी थिइन्), ५.मन्दोदरी (रावणकी पत्नी)।
* पाँच दम्पत्ति : ब्रह्मा-सावित्री, विष्णु-लक्ष्मी, शिव-पार्वती, राम-सीता र कृष्ण-रुक्मणी।
* छ नीतिज्ञ : बृहस्पति, शुक्राचार्य, मनु, अंगिरा, नन्दी र विदुर।
* पाँच पितृभक्त पौराणिक पुत्र : यज्ञशर्मा, देवशर्मा, धर्मशर्मा, विष्णुशर्मा र सोमशर्मा।
* पितृ भक्त अन्य पुत्र : गणेश, नचिकेता, श्रवण कुमार, परशुराम, राम र भीष्म।
*सप्तऋषि:-
१. प्रथम स्वायंभुव मन्वन्तरमा- मरीचि, अत्रि, अंगिरा, पुलस्त्य, पुलह, क्रतु र वशिष्ठ।
२. द्वितीय स्वारोचिष मन्वन्तरमा- ऊर्ज्ज, स्तम्भ, वात, प्राण, पृषभ, निरय र परीवान।
३. तृतीय उत्तम मन्वन्तरमा- महर्षि वशिष्ठका सातै पुत्र।
४. चतुर्थ तामस मन्वन्तरमा- ज्योतिर्धामा, पृथु, काव्य, चैत्र, अग्नि, वनक र पीवर।
५. पञ्चम रैवत मन्वन्तरमा- हिरण्यरोमा, वेदश्री, ऊर्ध्वबाहु, वेदबाहु, सुधामा, पर्जन्य र महामुनि।
६. षष्ठ चाक्षुष मन्वन्तरमा- सुमेधा, विरजा, हविष्मान, उतम, मधु, अतिनामा र सहिष्णु।
७. वर्तमान सप्तम वैवस्वत मन्वन्तरमा- कश्यप, अत्रि, वशिष्ठ, विश्वामित्र, गौतम, जमदग्नि र भारद्वाज।
* अष्ट विनायक : वक्रतुण्ड, एकदन्त, मनोहर, गजानन, लम्बोदर, विकट, विध्नराज, र धूम्रवर्ण।
* आठ भैरव : रुद्र, संहार, काल, असिति, क्रौध, भीषण, महा, र खट्वांग।
* आठ वसु : अहश, ध्रुव, सोम, धरा, अनिल, अनल, प्रत्यूष र प्रभाष।
* नवदुर्गा : शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिरात्रि। यसाे भन्दा पनि गलत हुँदैन- काली, कात्यायानी, ईशानी, चामुण्डा, मर्दिनी, भद्रकाली, भद्रा, त्वरिता तथा वैष्णवी।
* दस अवतारी पुरुष : मत्स्य, कच्छप, वराह, नृसिंह, वामन, परशु, राम, कृष्ण, बुद्ध र कल्की।
* ब्रह्माका दस मानस पुत्र : (मनबाट उत्पन्न भएका) मरिचि, अत्रि, अंगिरा, पुलह, क्रतु, पुलस्य, प्रचेता, भृगु, नारद एवं महातपस्वी वशिष्ट।
* दस महाविद्या : काली, तारादेवी, ललिता-त्रिपुरसुन्दरी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मातंकि र कमला।
* एघार रुद्र : महान, महात्मा, गतिमान, भीषण, भयंकर, ऋतुध्वशज, ऊर्ध्वकेश, पिंगलाक्ष, रुचि, शुचि तथा कालाग्नि रुद्र।- यिनीहरू पनि अदितिका पुत्र हुन्। यिनीहरूमध्ये कालाग्नि रुद्र नै मुख्य रूद्र हुन्। धेरै ठाउँमा ११ रुद्रकाे नाम यसप्रकार दिइएकाे छ:- १. शम्भू, २. पिनाकी, ३. गिरीश, ४. स्थाणु, ५. भर्ग, ६. भव, ७. सदाशिव, ८. शिव, ९. हर, १०. शर्व र ११. कपाली। यी ११ रुद्रलार्इ यक्ष र दस्युजनका देवता मानिएकाे छ।
* बाह्र आदित्य : ब्रह्माका पुत्र मरिचि, मरिचिका कश्यप, र कश्यपकी पत्नी अदिति, अदितिका पुत्र आदित्य (सूर्य) कहलाए जो यस प्रकार छन्- अंशुमान, अर्यमन, इन्द्र, त्वष्टा, धातु, पर्जन्य, पूषन, भग, मित्र, वरुण, वैवस्वत र विष्णुत। यी बाह्र अादित्य नै बाह्र मासका प्रतीक हुन्।
* चौध मनु : अतितकका मनु- ब्रह्माका पुत्र स्वायंभुव, अत्रिका पुत्र स्वारोचिष, राजा प्रियव्रतका पुत्र तापस र उत्तम, रैवत, चाक्षुष, वर्तमानका मनु सूर्यका पुत्र श्राद्धेदंव (वैवस्वत)। भविष्यका मनु- सावर्णि, दक्षसावर्णि, ब्रह्मसावर्णि, ब्रह्मसावर्णि, धर्मसावर्णि, रुद्रसावर्णि, देवसावर्णि, चन्द्रसावर्णि।
* तेत्तीस देवता : १२ आदित्य, ८ वसु, ११ रुद्र र इन्द्र तथा प्रजापति नामबाट तेत्तीस संख्या हुन गएकाे हाे। प्रत्येक देवताका विभिन्न कोटिहरूकाे दृष्टिवले तेत्तीस कोटि (करोड) संख्याि लोक व्यवहारमा प्रचलित हुन गयाे।
* सूर्यका दुर्इ पुत्र : प्रजापति कष्यपका पुत्र सूर्यकी पत्नी सवर्णा जो विश्वकर्माकी पुत्री थिइन् उनका गर्भबाट शनैश्चर र यम नामक दुर्इ पुत्र तथा कालिन्दी नामक एक कन्याकाे जन्म भयाे।
* १४ इन्द्र : प्रत्येक मन्वन्तरमा एक इन्द्र भएका छन्र जसका नाम यस प्रकार छन्- यज्न, विपस्चित, शीबि, विधु, मनोजव, पुरन्दर, बाली, अद्भुत, शान्ति, विश, रितुधाम, देवास्पति र सुचि।
* ४९ मरुतगण : मरुतगण देवता हाेइनन्, तर यिनीहरू देवताहरूका सैनिक हुन्। वेदमा यिनीहरूलार्इ रुद्र र वृश्निका पुत्र भनिएकाे छ भने पुराणहरूमा कश्यप र दितिका पुत्र मानिएकाे छ। मरुतहरूकाे एक संघ छ जसमा कुल १८० भन्दा धेरै मरुतगण सदस्य छन्, तर तिनीहरूमध्ये ४९ प्रमुख छन्। तीमध्ये पनि ७ सैन्य प्रमुख हुन्। मरुत देवताका सैनिक हुन् र यी सबैकाे गणवेश समान छन्। वेदमा मरुतगणकाे स्थान अन्तरिक्ष लेखिएकाे छ। उनीहरूका घोडाकाे नाम ‘पृशित’ बताइएकाे छ र उनीहरूलार्इ इन्द्रकाे सखा भनिएकाे छ।-(ऋ. १.८५.४)। पुराणहरूमा यिनीहरूलार्इ वायुकोणकाे दिक्पाल मानिएकाे छ। अस्त्र-शस्त्रले सुसज्जित मरुतहरूसँग विमान पनि हुन्थ्याे। यिनीहरू फूल र अन्तरिक्षमा निवास गर्दछन्।
*७ मरुतहरूकाे नाम निम्न अनुसार छ- १. आवह, २. प्रवह, ३. संवह, ४. उद्वह, ५. विवह, ६. परिवह र . परावह। यिनीहरूका ७-७ गण निम्नलिखित स्थानमा विचरण गर्दछन्- ब्रह्मलोक, इन्द्रलोक, अन्तरिक्ष, भूलोककाे पूर्व दिशा, भूलोककाे पश्चिम दिशा, भूलोककाे उत्तर दिशा र भूलोककाे दक्षिण दिशा। यसरी कुल ४९ मरुत हुन जान्छन्, जो देव रूपमा देवहरूका लागि विचरण गर्दछन्।
*३० तुषित:- ३० देवताहरूकाे एक यस्ताे समूह हाे जसले अलग-अलग मन्वन्तरमा जन्म लिएका थिए। स्वारोचिष नामक द्वितीय मन्वन्तरमा देवतागण पर्वत र तुषित कहलाउथे। देवताहरूका नरेश विपश्चिेत थिए।
*६४ अभास्वर:- तमोलोकमा ३ देवनिकाय छन्- अभास्वर, महाभास्वर र सत्यमहाभास्वर। यी देव * भूत, इन्द्रिय र अन्त:करणलार्इ वशमा राख्दछन्।
*१२ यामदेव:- यदु ययाति देव तथा ऋतु, प्रजापति आदि यामदेव भनिन्छन्।
*१० विश्वदेव:- पुराणहरूमा दस विश्वथदेवहरूकाे उल्लेख भएकाे पाइन्छ जसकाे अन्तरिक्षमा एउटा अलग्गै लोक छ।
*२२० महाराजिक:–
* पाताल लोकका देवता- उक्त ३ लोकका अलावा पितृलोक र पातालका पनि देवता नियुक्त भएका छन्। पितृलोकका श्रेष्ठ पितृहरूलार्इ न्यायदात्री समितिका सदस्य मानिएकाे छ। पितृहरूका देवता अर्यमा हुन्। पातालका देवता शेष र वासुकि हुन्।
* पितृलोकका देवता:- दिव्य पितृ जमातका सदस्यगण : अग्रिष्वात्त, बर्हिषद आज्यप, सोमेप, रश्मिप, उपदूत, आयन्तुन, श्राद्धभुक तथा नान्दीमुख यी ९ दिव्य पितृ बताइएकाे छ। आदित्य, वसु, रुद्र तथा दुबै अश्विनी कुमार पनि केवल नान्दीमुख पितृहरूलार्इ छोडेर शेष सबैलार्इ तृप्त गर्दछन्। पुराणका अनुसार दिव्य पितृहरूका अधिपति अर्यमाकाे उत्तरा-फाल्गुनी नक्षत्र निवास लोक हाे।
* नक्षत्रका अधिपति : चैत्र मासमा धाता, वैशाखमा अर्यमा, ज्येष्ठमा मित्र, आषाढमा वरुण, श्रावणमा इन्द्र, भाद्रपदमा विवस्वान, आश्विनमा पूषा, कार्तिकमा पर्जन्य, मार्गशीर्षमा अंशु, पौषमा भग, माघमा त्वष्टा एवं फाल्गुनमा विष्णु। यी नामहरूकाे स्मरण गर्दै सूर्यलार्इ अर्घ्य दिने विधान छ।
* १० दिशाका १० दिग्पाल : ऊर्ध्वका ब्रह्मा, ईशानका शिव तथा ईश, पूर्वका इन्द्र, आग्नेयका अग्नि वा वह्रि, दक्षिणका यम, नैऋत्यका नऋति, पश्चिमका वरुण, वायव्यका वायु र मारुत, उत्तरका कुबेर र अधोका अनन्त।
* अन्य देव :- गणाधिपति गणेश, कार्तिकेय, धर्मराज, चित्रगुप्त, अर्यमा, हनुमान, भैरव, वन, अग्निदेव, कामदेव, चन्द्र, यम, शनि, सोम, ऋभुः, द्यौः, सूर्य, बृहस्पति, वाक, काल, अन्न, वनस्पति, पर्वत, धेनु, सनकादि, गरूड, अनन्त (शेष), वासुकि, तक्षक, कार्कोटक, पिंगला, जय, विजय आदि।
* अन्य देवी :- भैरवी, यमी, पृथ्वी, पूषा, आपः सविता, उषा, औषधि, अरण्य, ऋतु त्वष्टा, सावित्री, गायत्री, श्री, भूदेवी, श्रद्धा, शचि, दिति, अदिति आदि।
* श्रेष्ठ धर्म पुरुष : प्रह्लाद, ध्रुव, बृहस्पति, शुक्राचार्य, अष्टावक्र, भृगु, विश्वामित्र, जैमिनि, कपिल, कणाद, वाल्मिकी, व्यासदेव, बाली, बलि, पातंजलि, रावण, शंकराचार्य, गोरखनाथ, मीरा, पाणिनीय, गौतम मुनि, कुमारिल भट्ट, रामानुजाचार्य, मण्डनमिश्र वा सुरेश्वराचार्य, माधवाचार्य, रामकृष्ण,, महर्षि अरविन्द आदि।
संकलन : अनिरुद्ध जोशी ‘शतायु’ वेब दुनियाबाट नेपालीमा अनुवाद

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।