0 COMMENTS

काठमाण्डाै०९भदाै०७५/ एशियाली खेलकुदको करातेमा एकल कातामा कास्य पदकका लागि भएको खेलमा चञ्चला दनुवार पराजित भएकी छिन् ।

रिपेचेज राउण्डमा उनी थाइल्याण्डकी मोन्सिचा तारारात्तानकुलसँग ५–० ले पराजित भएकी हुन् । यो खेल जितेको भएमा चञ्चलाको कास्य पदक पक्का हुने थियो । तर उनले जित्न सकिनन्  ।

चञ्चला पहिलो चरणमा नै मकाउकी खेलाडीसँग ५–० ले पराजित भएकी थिइन् । मकाउकी सोउ सोई लाम फाइनलमा पुगेपछि चञ्चलाले रिपिचेज राउण्डमा प्रतिस्पर्धा गर्ने अवसर पाएक थिइन् । रिपिचेजको क्वार्टर फाइनलमा उत्तर कोरियाली खेलाडीलाई ३–२ ले पराजित गर्दै चञ्चलाले थाइल्याण्डकी खेलाडीसँगको भेट पक्का गरेकी थिइन् ।

चार वर्षको एसियाली खेलकुदमा नेपालले करातेको कातामा पदक जितेको थियो । तर यो पटक करातेको कातामा नेपाले पदक जित्न सकेन ।करातको पुरुषतर्फ एकल कातामा पर्शुराम बास्तोला कतारका हसिम अदमसँग ५–० अंकका आधारमा पराजित भए । कतारी खेलाडी क्वार्टर फाइनलमा पराजित भएका कारण पर्शुरामले रिपिचेजको अवसर पाएनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।