0 COMMENTS
लमजुङको बेसीशहर ८ काे सेढाई फेन्सिमा झाेला बिक्री गर्दै महिला उद्योमी ।

 बासुदेव सेढाइ,लमजुङ०९भदाै०७५/नयाँ सरकारले सुखि नेपाली र सम्बृद्ध नेपालकाे नारा अगाडि सारेको छ यसकाे लागि मुलुक परनिर्भर नभै अात्मनिर्भर बन्नसक्नुपर्छ तर हाम्रो देश हरेक बस्तुमा परनिर्भर छ किनकि स्वदेशी उत्पादन लाई प्राेत्साहित गर्ने नीति सरकारले ल्याउन सकेको छैन । लगानी ,सीप क्षमता ,अत्याधुनिक प्रविधिको अभावमा बिदेशी बस्तुहरु संग प्रतिस्पर्धा गर्न नसकेर स्वदेशमा उत्पादन भएको सामानले बजार पाउन सकेका छैनन् त्यस्तै समस्या रहेको बताउँछन् तनहुँकाे भानु – ११ मानेचाेकाका मिलिजुली उद्यमी समुहका ३ दिदिबहिनी ।

घरेलु तथा साना उद्योग बिकास बाट तालिम प्राप्त र अनुदानकाे मेशिन पाएपछि उहाँहरुले मानेचाेकामा झाेला बनाउने उद्योग संचालन गर्नुभएको छ । स्वदेशमानै एउटा सफल उद्यमी बनेर केही गरेर देखाउने साहासका साथ अघि बढनुभएका ३ महिला उद्यमी बिष्णु तामाङ ,खुसमाया तामाङ र नर्बदा थापालाई अहिले साेचेजस्ताे सजिलो छैन । लमजुङको सुन्दरबजार भाेटेअाेडार हुदै बेसीशहरका फेन्सि पसलहरुमा झाेला बिक्री गर्दै गर्दा अाफ्नाे सामानले प्राेत्साहन नपाएको गुनासो उहाँहरुकाे थियोे । राज्यले अाफुहरुलाई सहयोग गरे ठुलै उद्योग संचालन गरेर स्वदेशी बस्तु उत्पादन गरि मुलुक अात्मनिर्भर बनाउने अभियानमा एउटा ईटा थप्ने बताउनुहुन्छ उद्यमी बिष्णु तामाङ त्यसैगरी अर्कि उद्यमी खुसमाया तामाङका अनुसार बजार समस्या ,अत्याधुनिक ठुलो मेशिन र कच्चापदार्थकाे सहज उपलब्धता अाफ्नाे उद्योगकाे लागि मुख्य समस्या रहेको छ ।

स्वदेशी बस्तुकाे बजार व्यवस्थापन काे लागि सरकारले बिदेशी सामान लाई निरुत्साहित गर्नुपर्ने बताउनुहुन्छ उद्यमी नर्बदा थापा । मुल्य केही बढि भएपनि टाटन ,ढाका ,रेक्जिन लगाएतका कच्चापदार्थ बाट बनेका झाेला गुणस्तरीय र अाकर्षक छन् । भविष्यमा ठुलो उद्योगी बन्ने सपना बाेकेर अाफ्नाे स्वाभिमानकाे उद्योग संचालनमा ल्याउनुभएका दिदिबहिनी हरुले अाफुहरुले बनाएको सामान प्रयोग गरिदिनहुन सम्पूर्ण व्यापारि व्यावशाहि , प्रचारप्रसार गरेर सहयोग गरिदिनुहुन संचारकर्मि , उद्योग संचालनकाे सहज वातावरण मिलाई दिन सरकार ,उद्योग बाणिज्य संघ लगाएत सबैमा हार्दिक अपिल गर्नुभएको छ । हाल उद्योग वाट उत्पादन भएको सानो झाेला मुल्य हाेलसेल १२० देखि ठुलो झाेलाकाे मुल्य ६५० सम्मका छन् । दिनमा एकजनाले सानाे ७ वटा र ठुलो ३ वटासम्म उत्पादन गर्न सकिन्छ ।

सानो मेशिन भएकोले कम उत्पादन हुदा प्रति झाेलाकाे मुल्य केही बढी छ । भबिस्यमा ठूलो उत्पादन गर्न ठुलो उद्योग स्थापना गर्ने लक्ष्य उहाँहरुकाे छ । राेजगारिकाे अभावमा लाखौंलाख युवा बिदेश पलायन भईरहेकाे समयमा तीन दिदिबहिनीहरुकाे साहास र अाँट लाई भने स्यालुट ठाेक्नैपर्छ । उद्यमी ३ दिदीबहिनीहरु मध्येका खुसमाया तामाङकाे एउटा छाेरा एउटि छाेरि र श्रिमान वैदेशिक राेजगारिकाे सिलसिलामा साउदि अरबमा हुनुहुन्छ त्यसैगरी बिष्णु तामाङकाे एउटा छाेरा र श्रिमान भारतीय सेनाका पेन्सनर हुन् र नर्बदा थापाकाे एउटा छाेरा र श्रिमान वैदेशिक राेजगारिमा मलेसियामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।