कञ्चनपुर०९, भदौ ०७५/ कञ्चनपुरको महेन्द्रनगरमा आज पनि कर्फ्यु जारी छ ।किशोरी निर्मला पन्तको हत्याको विरोधमा स्थानीयले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले हिजो राति ८ बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु आज पनि जारी राखेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बिहान बसेको सुरक्षा समितिको बैठकले कर्फ्यु आदेशलाई यथावत् राख्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारीसहितको टोलीले जिल्लास्थित राजनीतिक दलहरुसँग छलफल गर्दैछ । सर्वदलीय बैठकमा हिंसा भड्किन नदिन र काम गर्र्ने वातावरण तयार गर्न छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि हिजो भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका १४ वर्षीय बालक सन्नी खुनाको मृत्यु भएको थियो । उनको शनिबार बिहान अन्त्येष्टि गरिएको छ ।