0 COMMENTS

काठमाण्डाै०८भदाै०७५/  ग्रिनफिल्ड स्कुलको आयोजनमा सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल शनिबार देखि हुने भएको छ ।९ गते देखि १६ गते सम्म आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियर ब्वाईज, सिनियर गल्र्स तर्फ प्रतिस्पर्धा गराईने छ । यस्तै स्कुलमा कार्यरत कर्मचारीहरुलाई समेत मध्यनजर राख्दै उनीहरुमा पनि प्रतिस्पर्धात्मक भावनाको विकासका साथै स्वस्थता र खेलभावनाको बिकास गर्ने उद्धेश्यले उनीहरुका विचमा पनि प्रतिस्पर्धा गराईने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाईज तर्फ २४ बिद्यालय टिम, जुनियर ब्वाईज तर्फ १७ टिम, गल्र्स तर्फ १२ र कर्मचारीहरुको १२ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।बिजयी खेलाडी तथा टिमलाई ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिने समेत आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।