0 COMMENTS

काठमाण्डाै०८भदाै०७५/  आयोजक जेभियर ईन्टरनेशनलले छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगितामा ब्वाईज र गल्र्स दुवै तर्फ शुक्रबार जित हात पारेको छ ।

ब्वाईजको बि टिमले ज्ञान निकेतन माथी सागर तामाङ्गको ११ अंकको मद्धतले ५२–३९ अंकको जित निकालेको हो । पहिलो र दोश्रो क्वाटरमा १९–११ र ३०–२३ को जित निकालेको जेभियरले तेश्रोमा २–३ र १–२ ले पछि परेता पनि जित आत्मसात गरेको हो । यस्तै गल्र्स तर्फ पनि जेभियरले समृद्धि माथी ३०–२३ को जित हात पा¥यो । पहिलो क्वाटरमा ३–७ले पछि परेको जेभियर दोश्रोमा ६–६ को बराबरी खेल्न सफल भयो । यस्तै तेश्रो क्वाटरमा १५–१ ले समृृद्धिलाई पछि पार्न सफल भएकोमा चौथो क्वाटरमा ६–९ ले पछि परेतामा पनि जित आफ्नो हातमा पार्न सफल भयो । जेभियरकी रोजी नापितले १० अंक जोडिन् ।

यस्तै आजै भएको अन्य प्रतियोगितामा टाईम्सले ओमेगालाई ६७–४७ अंकले पराजित ग¥यो । टाईम्सका पासाङ्ग मास्केले २३ अंकको योगदान गरे । यसैगरि न्यू समिटले रुपेशको ११ अंकको सहयोगमा ह्वाईटहाउस माथी ३३–२३ को जित निकाल्यो । अर्को खेलमा गोल्डेनगेटले बर्नहार्टलाई ६१–२७ अंकले पाखा लगायो । गोल्डेन गेटका लागि आकृष्ट शाहीले २१ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।