0 COMMENTS

काठमाण्डाै०८भदाै०७५/  काठमाडौंको बालाजु स्थित नेपालटार निवासी प्रमोद रेग्मी करिव २० वर्ष अघि पाइलट बन्ने सपना बोकेर अमेरिका पलायन भएका थिए। बालाजुको तरुण माध्यमिक विद्यालय बाट एसएलसी परीक्षा उत्तीर्ण गरे पश्चात पिपुल्स कलेज अनि इन्जिनियरिङ कलेज हुदै मेकानिकल ट्रेनिङ सेन्टर को समेत अध्ययन सकिएपछि उनी २०५४ साल तिर आफ्नो करियर निर्माणका निम्ति अमेरिकाको एरिजोना राज्य स्थित Finix सहरमा पुगे। जून क्यालिफोर्निया नजिक South west मा पर्दछ।

विदेशी भूमि एक्लो पन अनि नौलो नीति नियम नजान्दा भोग्नुपरेका विभिन्न अप्ठेरा परिस्थिति हरुसँग सङ्घर्ष गर्दै उनले आफ्नो पढाइ अनि काम लाई महत्व दिई समयको भरपुर सदुपयोग गरी आफ्नो लक्ष्य प्राप्तिको लागि लगनशील भएर मेहेनत गरिरहँदा उनको पाइलट बन्ने इच्छा त छिट्टै पूरा भयो तर यतिले मात्र उनको मन् मानेन।

आफ्नो कमाइ अनि आफ्नो निर्माणका साथै आफ्नो परिवारको मुस्कानका साथ आफ्नै उडान उनको मनले खोज्यो। जसअनुसार मनको रहर पुर्याएरै छाडने द्रिढ निश्चय लिई उनी अझै क्रियाशील हुन थाले।हवाइजहाज बनाउन चाहिने सम्पूर्ण पाटपुर्जा को व्यवस्था, आवस्यक कागजपत्र र तेस्कालागी पुग्ने रकम लिएर उनले आफ्नै घरको ग्यारेज बाट प्लेन बनाउन सुरू गरे।

करिव १५ महिनाको अनवरत प्रयास र १ करोड काे लगानीमा केहि सानातिना बाधा हरू बीच पुरा गरेरै छाडे। हवाइजहाजको पंखा जोड्ने काम मात्र घरमा असहज भएका कारण एयरपोर्ट मा लगी जोडिए पश्चात उनको आफ्नै हातले प्लेन बनाउने सपना पनि साकार भयो।[view_video url=”6ZPAr5U2iy4″]

अब काम बाँकी थियो त अन्तिम परीक्षण र एयर अफिस काे अनुमतिको जून काम पनि उनले सजिलै सम्पन्न गरे।यसरी एक नेपाली युवाले विदेशी भूमिमा पुगेर आफ्नो लगानी पौरख अनी बुद्धिको सहाराले हवाइजहाज बनाई उडाएर सकुसल अवतरण गरी संसारलाई देखाए। जुन कामका लागि हामी सम्पूर्ण नेपाली ले गौरव गर्दै उनको पौरख काे सम्मान गर्नै पर्छ।[view_video url=”kaxUO1J41iI”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।