0 COMMENTS

काठमाडौं०८भदाै०७५/राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्युतीय कारमा सवार हुने भएकी छन्। राष्ट्रपति कार्यालयले बिहीबार ६० लाख रुपैयाँ पर्ने विद्युतीय कालो कार खरिद गरिएको हो।

चिनियाँ बीवाईडी कम्पनीको ई–सिक्स मोडलको आरामदायी कार कम्पनीका चिनियाँ प्रतिनिधिले बिहीबार शीतलनिवासमा राष्ट्रपति कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरे। राजधानीमा अत्याधिक प्रदुषण बढेको विभिन्न अध्ययनहरुले देखाइरहेका बेला राष्ट्रपति भण्डारीका लागि विद्युतिय गाडी खरिद गरिएको हो ।

अत्यधिक वायु प्रदूषणले काठमाडौं उपत्यका र ठूला सहरहरू उकुसमुकुस बनाएपछि प्रदूषण न्यूनीकरणका लागि विद्युतीय गाडी किनिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए। विद्युतीय सवारीका विषयमा जनचेतना फैलाउने उद्देश्यले पनि राष्ट्रपतिका लागि विद्युतिय गाडी किनिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।