0 COMMENTS

काठमाडौं०८भदाै०७५/ सर्वोच्च अदालतको आदेशपछि नेकपा प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव आक्रोशित बनेका छन् ।
उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।
विप्लवले भनेका छन्, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’

विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिनदिनै अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिहरेको समेत आरोप लगाएका छन् । भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरी वेपत्ता बनाएको नेकपाको दाबी छ । यस्तै पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।