0 COMMENTS

 काठमाण्डाै०७भदाै०७५/आयोजक एलएका राजीव शाह ११ औं एलए÷जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा बिहिबार यु–१२ मा जित निकाल्दै अर्को चरण प्रवेश गरेका छन् । राजीवले शुभताराका आर्यमान जोशीलाई ५–३, ४–० ले पराजित गरे ।

हात्तिवनस्थित आयोजकको आफ्नै कोर्टमा भएको यु–९ ब्वाईजमा कालिका स्कुलका दिपेश ज्ञवालीले ग्रान्ड स्कुलका माईकल एडियाजोहीलाई ४–०, ४–१ ले पराजित गरे । यस्तै अन्य यु–९ को खेलमा गण्डकी बोर्डिङ्ग स्कुल पोखराका शास्वत बज्राचार्यले डिएभीका अभिर श्रीवास्तवलाई ४–०, ५–४ ले, न्यू होराईजनका योगश ज्ञवालीले सेन्ट जेभियरका असब एस. हाडालाई ५–४, ४–१ले, गण्डकी बोर्डिङ्गका दर्शिल श्रेष्ठले न्यू होराईजनका यामन रानालाई ४–०, ४–०ले, कालिका स्कुलका ओसाङ्ग थापाले एभरेष्ट बोर्डिङ्गका ओजेश क्षेत्रीलाई ४–०, ४–०ले, शिसु निकेतनका श्रीजन भट्टराईले आयोजकका दिभांशु मिश्रलाई ४–०, ४–१ ले तथा कस्मिकका हर्षित पन्तले बुटवल स्कुलका ब्रिजेश अर्याललाई ४–२, ४–२ को समान अंकले पराजित गर्दै अर्को चरणमा स्थान पक्का गरे ।

गल्र्स यु–१० मा टिबिएसका प्रतिष्ठा लामाले शुभताराकी अर्निका थापालाई ४–२, ४–१ ले पछाडी पार्दै जित निकालिन् ।

यसतै गल्र्स १२ तर्फ आयोजक एलएका मर्शा महर्जनले न्यू होराईजनकी पुर्णिमा कार्कीलाई ५–३, ४–२ ले पराजित गर्दै अर्को चरणको स्थान सुरक्षित गरिन् । यसै गरि बृहश्पतीकी जेनी खड्काले न्यू होराईजनकी यामुना रानालाई ४–२, ४–०ले, सेन्ट मेरीकी सुधाश्री ढुङ्गानाले न्यू होराईजनकी प्रिती गौतमलाई ४–१, ७–४, ५–४ले, लोयल्टीकी रोशनी लिम्बुले आयोजककी रोजा श्रेष्ठलाई ४–१, ४–०ले, जोन डेवीकी आईशा डोलकार गुरुङ्गले केन्द्रि बिद्यालयकी उत्शा लामालाई ४–०, ४–०ले तथा टिबिएसकी निमिशा धाक्वाले न्यू होराईजनकी श्रीष्टि थापालाई ४–०, ४–०को समान अंकले पराजित गर्दै अर्को चरण प्रवेश गरे ।

प्रतियोगिताको ब्वाईज १४ तर्फ नेपाल पुलिसका सरोज तामाङ्गले न्यू होराईजनका आयुष गुरुङ्गलाई ४–१, ४–०ले पाखा लगाए । यसै गरि रातो बंगलाका आयुषमान नेपालले पेनवुड एकेडेमीका श्रीयांश पौडेललाई ४–२, ४–२ले पराजित गरे । गल्र्स यु–१४ तर्फ सेन्ट मेरिका श्रीतिका उदास र रोमिका बुद्धाचार्यले जित निकाले । श्रीतिकाले न्यू होराईजनका पुर्णिमा कार्कीलाई ४–०, ४–०ले तथा रोमिकाले न्यू होराईजनकै श्रीष्टि थापालाई ४–०, ४–०ले पराजित गरे ।

बिहिबारनै सम्पन्न ब्वाईज यु–१४ युगल तर्फको प्रतिस्पर्धामा सेन्ट जेभियरका आयुष र रजदीपको जोडीले आयोजकका स्याम्युउल र क्रिश कुँवरको जोडीलाई ४–१, ०–४ र ५–४ ले पराजित गरे । यस्तै नेपाल पुलिसका पवन कुमार शाह र प्रशिद्ध बस्नेतको जोडीले आयोजकका प्रथम र सुजल शाक्यको जोडीलाई ४–१, ४–०ले तथा आयोजक एलएका सक्षम र राजीव कुमार शाहको जोडीले सेन्ट जेभियरका पार्थ जंग थापा र ओजश शर्माको जोडीबाट वाक ओभर प्राप्त गर्दै अर्को चरणमा स्थान बनाए । गल्र्स तर्फ सेन्ट मेरिजका श्रेया भट्ट र रोमिका बुद्धाचार्यको जोडी आयोजकका रोजा श्रेष्ठ र जिश्मिन तामाङ्गलाई ४–०, ४–०ले पराजित गर्दै अर्को चरण प्रवेश गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।