0 COMMENTS

काठमाडौं०७भदाै०७५/ आन्दोलन उग्र बन्ने संकेत देखिएपछि कञ्चनपुर प्रशासनले आज (बिहीबार) अपरान्ह तीन बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेठीले स्थिति नियन्त्रणमा लिन भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र र सदरमुकाम क्षेत्रमा कर्फ्यु लगाइएको बताए । जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो ।

यसअघि आजै प्रहरीले चलाएको गोली प्रहारबाट ४ जना घाइते भएका छन् । गोली प्रहारबाट घाइते हुनेहरुमा अर्जुन भण्डारी, तेजराज भट्ट, किरण पाण्डे र सन्तोष कठरिया रहेका छन् । उनीहरुमध्ये भट्ट र भण्डारीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । बाँकीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको स्थानीय सञ्चारकर्मी अम्बादत्त तिवारीले जानकारी दिए ।

प्रहरीले प्रदर्शनकारीमाथि कति गोली प्रहार भयो भन्ने खुलाएको छैन । प्रदर्शनकारीहरुले निर्मला पन्तको हत्यामा संग्लन दोषीको पहिचानसँगै न्यायिक अनुसन्धानको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न जाँदा वडा प्रहरी कार्यालय नजिकै गोली प्रहार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।