0 COMMENTS

कञ्चनपुर०६भदाै०७५ /कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित कल्भर्ट नालाको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका १४ वर्षीय दिनेश महरा रहेको छ ।कल्भर्ट नजिकै खेल्ने क्रममा पानीमा खस्दा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

पानीमा खसेपछि स्थानीय बासिन्दाले उद्धार गेरर अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्य भएको प्रहरी निरीक्षक अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।