0 COMMENTS

भगवान शिवको ११ औँ अंश मानिने हनुमान जी लाई बजरंगबली, पवनपुत्र, मारुती, राम दूत, महावीर, बालाजी आदि विभिन्न नामले पुकारिन्छ।मानिसको जीवनमा आउने प्रतिकूल अवस्थामा वा रोग,शोक, भय, दुःख दारिद्र, मुद्धा मामिला जस्ता समस्याहरू मा उनको पुजा, पाठ अनि स्वछ मनले अटल विश्वास का साथ आराधना गर्नाले सबै खाले संकट हरू बाट मुक्ति पाइने भएकोले उनलाई सङ्कट मोचन पनि भनिन्छ।

चमेलीको तेल, सिन्दुर, पान, केरा अनि लड्डु अर्पण गर्दा खुशी हुने उनको आराधना आफन्त सँग बिछोडिएका अथवा पत्ता नलागेका, हराएका व्यक्ति हरुको खोजि का निम्ति नियम पूर्वक सम्पन्न गर्नाले अझ प्रभावकारी हुन जान्छ।

जसरी रामचन्द्र लाई वनवासमा भोग्नु परेको सबै खाले पीडाहरू बाट हनुमानले मुक्ति दिलाएका थिए त्यसै गरि मनुष्य हरुले पनि सच्चा मनले भक्ति गर्दा उनी छिट्टै प्रसन्न भई इच्छित वर प्रदान गर्ने हुनाले हनुमानजी लाई कलियुगका देव मान्दै हरेक मंगल बार अनि शनिबार पुज्ने गरिन्छ।हनुमानजी को प्रिय पाठ,रामायणको पञ्चम काण्ड, सुन्दर काण्ड हो। जसमा राम र सीताको बिछोड अनि हनुमानले गरेका पौरख हरुको वर्णन छ। सो पाठलाई श्रावण महिना भरी, पूर्णिमा, औंसी, शनिबार, मंगलबार साथै जन्म उत्सव हरुमा, सकाम वा निष्काम भावले, आफैंले अथवा ब्राम्हण द्वारा गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।