0 COMMENTS

काठमाडौं ०४भदाै०७५/ नयाँ मुलुकी संहितमा राष्ट्रिय जनावरबाट गाईलाई हटाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

मुलुकी संहिताको विरोधमा सडकमा एक्लै निस्केका यी युवकले नयाँ मुलुकी संहिता र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।

भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्ने युवक जितिन लिम्बु हुन् ।

सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार आचार्यले बताए । हाल लिम्बुलार्इ सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको दफा १२२ मा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने भनिएको छ । त्यसरी यौनाङ्ग देखाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना वा दुबै सजाय हुने दफा १२२ को उपदफा २ मा उल्लेख छ ।

नयाँ ऐनको १२२ र१० मा भनिएको छ, ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्ध उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।