0 COMMENTS

नेपालगन्ज३०साउन०७५/ रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष खर्कबहादुर पुनले वडाका सडक निर्माणमा यसपालि आफ्नै डोजर प्रयोग गरे । वडामा मात्र नभएर सिंगो गाउँपालिकाबाट यो विषयमा गुनासो आयो । तर, सरोकारवालाले कुनै हस्तक्षेप गरेनन् । कारण गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन स्वयंले डोजर भाडामा लिएर घुमाउरो बाटोबाट काम गरिरहेका थिए । स्थानीयका अनुसार माडी गाउँपालिकामा कतिपय जनप्रतिनिधिले असारअघि आफैं डोजर भाडामा ल्याइसकेका थिए।

थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर र माडी गाउँपालिका अध्यक्ष नन्दबहादुरले विकास निर्माणका काममा आफन्तमार्फत डोजर सञ्चालन गरेका हुन् । उता गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले पनि यसपालि विकास निर्माणमा आफ्नै डोजर प्रयोग गरे । विवाद आएपछि उनले स्थानीय चुनाव हुनुअघिदेखि नै डोजर रहेको तर चुनाव जितेपछि अरूलाई दिएको बताए ।

सडक, पुल, भवनलगायत संरचना बनाउन डोजर प्रयोग गर्दा कम्तीमा तीनवटा डोजर कम्पनी वा मालिकबीच प्रतिस्पर्धा गराउनुपर्छ । तर, व्यवहारमा आफूखुसी गरिएको छ। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।