0 COMMENTS

काठमाडाैँ ३०साउन०७५/ भदौ १ गतेदेखि लागू हुन गइरहेकाे नयाँ देवानी एवं फौजदारी अपराध संहिता (मुलुकी एेन)ले समाजमा मानिसको जन्मदेखि मृत्युसम्म आइपर्ने झमेला र न्यायनिरोपणको व्यवस्था छ ।

नयाँ नयाँ फौजदारी एवं देवानी (संहिता) ऐनमा पनि केही प्रावधान पुरानै रहे पनि अधिकांश चाहिँ फेरबदल भएको र केही नयाँ प्रावधान यसमा समेटिएकाे छ । मुलुकी अपराध (संहिता) ऐनमा प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता दिएको छ ।

यसमा भएकाे एक महत्वपूर्ण परिवर्तन भनेको जन्मकैदको सजाय हो । हालसम्म जन्मकैदको परिभाषा मृत्यु वा कैद भुक्तान अवधि २० वर्षमध्ये जुन अगाडि पूरा हुन्छ त्यसैलाई मानिँदै आएको थियो ।

तर अब भने ६ वटा गम्भीर प्रकृतिका अपराधमा जन्मभर (व्यक्ति जीवित रहुन्जेलसम्म) नै कैद सजाय हुने व्यवस्था गरिएको छ ।

यी ६ अपराध

क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीरबन्धकमा लिई ज्यान मारेमा, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा जन्मकैदकाे सजाय हुनेछ ।

यस्तै, कुनै जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने गरी जातिस‌ंहार (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसुर गरेकोमा पनि अाजन्म कैद हुनेछ । त्यसैगरी जबर्जस्ती करणी (बलात्कार) गरी ज्यान मारेको घटनामा अभियुक्त जीवित रहुन्जेल जन्मकैदको सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।