0 COMMENTS

काठमाडाै‍ं२७साउन०७५/ सबैलार्इ थाहा भएकै कुरा हाे, नेपालमा समुद्र छैन र सीधा समुद्रसम्मकाे पहुँच पनि छैन। न यहाँ पानीजहाज नै छ। तर सरकार भने ‘सिम्यान्स पासपोर्ट’ अर्थात सामुद्रिक राहदानीकाे व्यवस्था गर्न लागेकाे छ।

नेपालीमा चर्चित उखान छ- नानी पाउनु कहिले कहिले, कोत्रो बुन्नु अहिले । सरकारले पनि यही उखानसँग ठ्याक्कै मेल खाने गरी राहदानी ऐनमै सिम्यान्स पासपोर्टको व्यवस्था गर्न लागेको हाे।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षभित्र नेपाललाई समुद्रसँग जोडेर पानीजहाज चलाउने दाबी गरेकै आधारमा परराष्ट्र मन्त्रालयले राहदानी ऐन २०७५ सम्बन्धी प्रस्तावित ऐनमै सामुद्रिक राहदानी प्रदान गर्ने व्यवस्था समावेश गरेको हाे।

नयाँ ऐन लागू भएपछि राहदानी ऐन २०२४ मा उल्लेख ४ वटा राहदानी बाहेक सिम्यान्स र सर्भिस पासपोर्ट राहदानी थप गरिएको अाजकाे काराेबार दैनिकमा खबर छ।

सर्भिस राहदानी राष्ट्रसेवक कर्मचारीका लागि प्रयोगमा ल्याइने छ भने सिम्यान्स राहदानी पानीजहाज वा समुद्रमा काम गर्ने नेपाली चालकदेखि मजदुरलगायत प्रयोगकर्ताका लागि जारी गरिनेछ। हाल सरकारले कूटनीतिक(रातो), विशेष (निलो), साधारण( हरियो) र यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट कालो) गरी चार प्रकारका राहदानी जारी गर्दै आएकोमा नयाँ व्यवस्थाअनुसार सर्भिस राहदानी र सिम्यास राहदानी थप गरिएको हाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।