0 COMMENTS

काठमाण्डाै२७साउन०७५/ बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० बर्ष प्रस्तावित गरिएको छ ।

ऐनको धारा ५० मा ६० बर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउने व्यवस्थ छ ।यसअघि शेरबहादुर देउवा नेतृत्वको पालामा तत्कालिन समान्य प्रशासन मन्त्रालयले बनाएको विधेयकमा कर्मचारीको अवकाश उमेरहद ५८ बर्षबाट बढाएर ६० बर्ष बनाउन प्रस्ताव गरिएको थियो ।विधेयक पुनरावलोकनका क्रममा ६० बर्ष उमेर हदको प्रस्तावलाई हटाएर पुनः ५८ बर्ष नै राखिएको थियो । अहिले फेरी ६० बर्ष प्रस्तवित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।