0 COMMENTS

काठमाडौं२७, श्रावण ०७५/काठमाडौं महानगरपालिका वडा नं४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामाको मृत्यु भएको हो । इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

लामा पहिला इनारभित्र छिरेको र इनारभित्र अक्सिजन नभएर आत्तिएपछि महर्जनले उनलाई उद्धार गर्न जाँदा उनकोसमेत मृत्यु भएको रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।