0 COMMENTS

काठमाण्डाै२६साउन०७५/  भक्तपुरमा ट्रिपरले फेरी एक जनाको ज्यान लिएको छ । सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए । ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।