0 COMMENTS

काठमाण्डाै२५साउन०७५/  काे तपाईंले अाफ्नाे गाडीको इन्जिन चेकजाँच गराउनुभएको छैन ? वा चेकजाँच गराएर पनि ‘हरियो स्टिकर’ लगाउनुभएको छैन ? सावधान, अब नेपाल सरकारले त्यस्ता गाडीलाई भदौदेखि पूर्णरूपमा बन्देज लगाउने तयारीमा  छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भदौ पहिलो सातादेखि ‘हरियो स्टिकर’ प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई रोक लगाउने निर्णय गरेको छ ।

पुराना इन्जिन र चेकजाँच नगरेका गाडीबाट निस्केको धूवाँबाट वायु प्रदूषण बढेको उल्लेख गर्दै मन्त्रालयले भदौ १ बन्देज गर्न लागेको हो ।पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका महानगर र उपमहानगरमा हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनमा रोक लगाउने निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।‘यदि कुनै सवारीसाधन प्रदूषण मापदण्ड चेकमा फेल भयो भने तत्काल सञ्चालनमा रोक लगाउँछौं,’ उनले भने, ‘इन्जिन मर्मत नगरेका कैयौं गाडी सडकमा गुडिराखेका छन्, ती नियन्त्रणमा लिई तत्काल जरिवाना गर्छौं ।’ गत वैशाख १ देखि मन्त्रालयले त्यस्ता गाडीमा रोक लगाउने निर्णय गरे पनि सबै यातायात कार्यालयमा प्रदूषण जाँच्ने मेसिन र तालिमप्राप्त कर्मचारी नहुँदा ढिलो भएको प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।