0 COMMENTS

काठमाडौं२३साउन०७५/ नेकपाका अध्यक्षद्वयले नेकपाका प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठलाई राजीनामा फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका छन्। आज बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई राजीनमा फिर्ता लिन आग्रह गरेका थिए। तर उनले मैले स्वेच्छाले आनन्दपूर्वक राजीनामा दिएको हुँ।

त्यसैले फिर्ता लिन्न भने, सचिवालयले जे निर्णय पनि लिन सक्छ। त्यसलाई म सम्मान गर्नेछु । तर दिइसकेको राजीनामा फिर्ता लिन्नँ श्रेष्ठले भनेका थिए । यसबारे आज कुनैपनि ठोस निर्णय आएको छैन् ।

यसको निर्णयको लागि गर्न किहीबार पनि बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । केही दिन अघि डाक्टर गोविन्द केसीको अनसनलाई समर्थन गरेको भन्दै अध्यक्षहरुले स्पष्टिकरण माग गरेपछि उनले प्रवक्ता पदबाट राजिनामा दिएका थिए ।

गत साउन ७ गतेको सचिवालय बैठकमा डा गोविन्द केसीको जारी अनसनको विषयमा श्रेष्ठको सक्रियतालाई लिएर अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेपछि श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।