0 COMMENTS

काठमाडौं२३, साउन०७५/विश्व बैंकलाई नेपालको आर्थिक वृद्धि, सामाजिक न्याय सहितको विकास र सम्वृद्धिको लक्ष्यमा सहयोग गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले बुधबार विश्व बैंकका कार्यकारी निर्देशकहरूको संयुक्त बैठकलाई न्युओर्कमा सम्बोधन गर्दै आगामी पाँच वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरेको थियो ।

नेपाललाई बैंकहरूले लगानी गरी दिएमा आगामी वर्षहरूमा नेपालले निरन्तर सुधारलाई अगाडि बढाउने र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध गरेको मन्त्री खतिवडाले बताएका थिए ।

उनले सन् २०३० सम्म मध्यम स्तर आय भएको मुलुकमा स्तरोन्नती हुने दिर्धकालीन सोच सहित प्राथमिकता तोकेर अगाडि बढेको जनाएका छन् ।

मंगलबार देखि तीन दिनसम्म चल्ने बैठकमा नेपालको तर्फबाट मन्त्री खतिवडासँगै अमेरिकाको लागि नेपाली राजदूत अर्जुन कुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सह सचिव श्रीकृष्ण नेपाल सहभागी रहेको थियो ।

उयक्त बैठकमा विश्व बैंकका पदाधिकारीहरूले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना, समग्र व्यावसायिक वातावरण सम्बन्धमा जिज्ञाशा राखेका थिए ।

बुधबार विश्व बैकको मुख्यालय वासिङटन डिसिमा अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष श्री हार्टविग सेफर बीच भेटवार्ता पनि भएको थियो ।

सो भेटका कारण क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालमा संघीयता कार्यान्वयनको दिगोपनाको अवस्था बारे जिज्ञाशा राखेका नेपाली दुतावासले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।