0 COMMENTS

चितवन२३साउन०७५/ गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा सत्रजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । मृतक चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।

मृतकहरू :-
१. ट्रक सह चालक जि.रौतहट चन्द्रपुर न.पा.२ बस्ने वर्ष ३० को बुद्धीमान लामा (पुरानो मेडीकल कलेजमा) ।
२. जि.काठमाण्डौ थानकोट ३ बस्ने वर्ष ४८ को विष्णु प्र.थापा (चितवन मेडीकल कलेजमा) ।
३. ट्रक चालक :- जि. रौतहट चन्द्रपुर न.पा. २ बस्ने बर्ष ३४ को मोहन घिसिङ (चितवन मेडीकल कलेजमा) ।
४. जिल्ला ताप्लेाजुङ फुङलीङ न.पा. वडा नं.१ बस्ने बर्ष ४२ की तारा बराल (चितवन मेडीकल कलेजमा) ।

घाईतेहरू :-

पुरानो मेडिकल कलेज :-
१. जि.झापा दमक न.पा.३ बस्ने वर्ष ३८ को हिमालय दाहाल – सामान्य
२. जि.सुनसुरी चन्द्र न.पा.२ बस्ने वर्ष ३१ को योगेन्द्र गौतम – मध्यम
३. जि.ईलाम मापु गा.पा. ३ बस्ने वर्ष ३३ की कुलमाया लिम्बु – मध्यम
४. जि.चितवन राप्ति न.पा.३ बस्ने वर्ष ६९ को बुद्धीमान परियार – मध्यम
५. जि.झापा सिबसतासी न.पा. ३ बस्ने वर्ष ३४ को डम्बर ब. बैलकोटी – मध्यम
६. जि.तैरथुम मेघलुग न.पा.१० बस्ने वर्ष २७ को महेन्द्र श्रेष्ठ – सामान्य
७. जि.मोरङ मुलाबारी ५ बस्ने वर्ष ३० को नविन श्रेष्ठ – मध्यम
८. भारत विहार मोतिहार जि.कटिहार गाउ बस्ने वर्ष ३८ की सुनिता देवि चौधरी – मध्यम
९. जि.झापा दमक न.पा. ८ बस्ने वर्ष ४० को श्रीकान्त शर्मा – मध्यम
१०. जि.मोरङ विराटनगर म.न.पा. ८ बस्ने वर्ष ४५ को भनेश्वर गुप्ता – सामान्य
११. जि.झापा बुद्धिशान्ति न.पा. ५ बस्ने वर्ष ३० को दिपक लिम्बु – मध्यम

१२. भारत विहार मोतिहारी जि. श्रीपुर कबरीया गांउ बस्ने वर्ष २३ की कुशब जसवाल – सामान्य
१३. बसको कन्डक्टर जिल्ला धादिङ कुम्पुर ३ वस्ने वर्ष ३१ को ऋषी थपलिया – मध्यम

नयां मेडिकल कलेज :-
१. जि.नुवाकोट रानीपवा ३ बस्ने वर्ष ५५ को शेर बःलामा – गम्भिर
२. जि.मकवानपुर हे.न.पा.१७ बस्ने वर्ष ६० को लोकनाथ न्यौपाने – गम्भिर
३. जि.चितवन भरतपुर म.न.पा. ८ बस्ने वर्ष १६ को मिलन कार्की – गम्भिर
४. जि.धादिङ मलेखु ४ बस्ने वर्ष २६ को हिमाल थापा – मध्यम

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।