0 COMMENTS

 पूजा गर्दा धूप बाल्ने प्रथा सबै धर्ममा विद्यमान छ । किन बालिन्छ त धूप ? कहिल्यै विचार गर्नुभएको छ ? खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ ।

यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ ।

धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप बाल्ने गर्छन् ।

प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायक हुन्छ । आजकल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ । बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ ।

प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ । त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ ।

सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।