0 COMMENTS

काठमाडौं, २२ साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागी घातक हुने बताउनुभएको छ ।

७३ औं हिरोसिमा स्मृति दिवशको अवशरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“विश्वका जनता आणविक हतियारको पक्षमा छैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसको उत्पादन र प्रयोग नै मानव जातिको हितमा छैन ।” आणविक हतियार तयार गरेपछि प्रयोग गर्ने कौतुहलता हुन सक्ने र कसैको दिमागमा त्यस्तो सनक चढे विश्व नै सखाप हुने भएकाले यो घातक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालीले शान्ती अभियानमा लाग्नु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफू मान जातिको हितमा लाग्ने बताउनुभएको छ । “मेरा लागि देश र जनता सर्वोपरी हुन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश र जनताको हितमा निष्ठापूर्वक काम गर्छु ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।